उक्त भेटको अवसरमा हाम्रो प्र
तिनिधि मण्डलले नेपालीहरुको वेलायतको स्थिति, वेल्समा नेपालीहरुको आगमन, संस्थाको उदेश्य, स्थानीयता सँगको सहकार्य, पूर्व गोर्खा सैनिकको समस्या, नेपाली विधार्थीहरुले भोग्नुपरेको बर्तमान समस्या, नेपाली कला, संस्कृति सँगै स्थानीय निकायले संचालन गर्ने कुनैपनि सामाजिक, साँस्कृतिक कार्यक्रममा नेपाली समुदायको सहभागिता, वेल्स तथा नेपाली बिधार्थीहरुबिच साँस्कृतिक आदानप्रदान लगायतका बिषयहरुमा छलफल भएको थियो। सो भेटघाटमा सांसद तथा एसेम्बलि सदस्यहरुले अभिरुचिपूर्वक नेपालीहरुको वेल्समा उपस्थिति, संख्यात्मक स्थिति, नेपाली संस्कृति, नेपाली बालबालिकाहरुको साथै नेपाली राष्ट्रिय दिवसको बारेमा समेत चासो राखेका थिए। सो अवसरमा सांस्द एसेम्बलि सदस्यहरुले नेपाली राष्ट्रिय दिवसमा आफुहरुलाई पनि सहभागि गराउन र वेल्सको स्थानीय गतिविधिमा नेपालीहरुलाई सहभागि हुन अनुरोध पनि गरे।
सहकार्य, साँस्कृतिक सहसम्बन्ध र सदभावको चिनारी दिने उदेश्यले हाम्रा प्रतिनिधिहरु कोहि नेपाली दौरासुरुवाल, कोहि नेपाली महिला पोशाक, कोहि स्थानीय वेल्सको चिन्ह झल्किने पोशाकमा गएका थिए। यस्तो कार्य र नेपाली प्रतिनिधिहरुबाट आफुहरु प्रभावित भएको बताउँदै सांसद विल्लटले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सहकार्यको लागि आफुहरु उत्सुक रहेको समेत उल्लेख गरिन।
भेटघाटको क्रममा वेल्स नेपाली समुदाय, कार्डिफको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले वेल्स एसेम्बलि सदस्यलाई कलात्मक नेपाली आँखिझ्याल तथा विश्वप्रसिद्ध परम्परागत नेपाली खुकुरीको मिनियचर पनि प्रदान गर्नुभएको थियो।

No comments:
Post a Comment