यस संस्थाका सदस्य रामचन्द्र पो
खरेलको संयोजनमा गएको कार्डिफ नेपाली युवा फुटवल टोलीको तर्फबाट यहाँका नेपाली युवा खेलाडिहरु धनेन राई, समिर लिम्बु, संदिप लिम्बु, सरोज लिम्बु, सजिन लिम्बु, रमेश लिम्बु, हिस्शे लिम्बु र संगम लिम्बुले खेलेका थिए। खेलमा हाम्रा खेलाडिहरुलाई हौस्याउनको निम्ति वे.ने.स. का पदाधिकारीहरुका साथै अन्य नेपालीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा BVSNW को तर्फबाट खेलाडिहरुलाई पुरस्कार तथा पदक बितरण गरिएको थियो।
Thursday, 20 May 2010
कार्डिफ नेपाली युवा फुटवल टोलीलाई सफलता
Saturday, 15 May 2010
सहकार्यको लागि BVSNW सँग छलफल

भेटघाटको अन्तमा निर्देशक माईकलले १६ मे २०१०, आइतवारको दिन BVSNW ले आयोजना गर्न लागेको 5 x side युवा फुटबल खेलको लागि नेपालीहरुको टिमको पनि सहभागिताको लागि अनुरोध गर्नुभयो। हाम्रो संथाको तर्फबाट युवा फुटबल टोली बनाई सहभागि गराउने आश्वासन दिएर त्यसको लागि आवश्यक पहल गर्ने सहमति भएको थियो।
Thursday, 6 May 2010
स्व. होम बहादुर थापाको अन्तिम संस्कार सम्पन्न

नेपाली ब्राम्हणबाट शंखध्वनिका साथ पुजापाठ गराई हिन्दु परम्परा अनुसार सम्पन्न गरिएको अन्तिम संस्कारको कार्यक्रममा मिलिटरी ब्यगपाइपर बजाएर सम्मान दिइएको थियो। स्व. थापाको पार्थिव शरिरमा वहाँका छोरा सन्तोष थापाले दागबत्ति दिएका थिए। उक्त अवसरमा मगर संघ, बेलायतका अध्यक्ष कुल बहादुर थापाले स्व. थापाको जिवनीका बारे उप
स्थित सबैलाई जानकारी दिएका थिए। मृतआत्माको चिर शान्तिको लागि २ मिनेट मौनधारण पनि गरिएको थियो। स्व. थापाका परिवारमा श्रीमती, ३ छोरी र १ छोरा छन। कार्यक्रम पश्चात ल्यानरम्नि स्थित रग्बी क्लबको हलमा सम्पुर्ण उपस्थित महानुभावहरुको लागि जलपान कार्यक्रमको आयोजना गरिएको थियो।
वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
Monday, 3 May 2010
नयाँ वर्ष २०६७ कार्यक्रमका केहि मनोरंजनात्मक क्षणहरु
नयाँ वर्ष २०६७ कार्यक्रममा नेपाली खाना, नेपाली पहिरन सँगै गितसंगितले पनि भरिभराउ थियो। यसै कार्यक्रममा पस्किएका केहि मनोरंजनात्मक क्षणहरुको भिडियोहरु हामिलाई भर्खरै प्राप्त भएकोले यहाँ राखिएको छ।
कार्यक्रममा उपस्थित अन्य महानुभावहरुले खिच्नुभएको भिडियोक्लिपहरु पनि यहाँ राख्नको लागि उपयुक्त लागे हामीलाई जतिसक्दो चाँडो उपलब्ध गराईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रममा उपस्थित अन्य महानुभावहरुले खिच्नुभएको भिडियोक्लिपहरु पनि यहाँ राख्नको लागि उपयुक्त लागे हामीलाई जतिसक्दो चाँडो उपलब्ध गराईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
रेशम फिरिरी गित प्रस्तुत गर्दै रामचन्द्र पोखरेल
माइतिघर गितमा नृत्य प्रस्तुत गर्दै सुनिता थापा
मखमली चोली चाँहिदैन गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल पोखरेल
आमाले मायागरि किनिदिएको गितमा नृत्य प्रस्तुत गर्दै सानी नानी रस्मिता गुरुङ
चियाबारीमा हो चियाबारीमा गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल र प्राजन पोखरेल
जोमसोमै बजारमा गित प्रस्तुत गर्दै रोशन भट्टराई
Subscribe to:
Posts (Atom)