
नेपाली ब्राम्हणबाट शंखध्वनिका साथ पुजापाठ गराई हिन्दु परम्परा अनुसार सम्पन्न गरिएको अन्तिम संस्कारको कार्यक्रममा मिलिटरी ब्यगपाइपर बजाएर सम्मान दिइएको थियो। स्व. थापाको पार्थिव शरिरमा वहाँका छोरा सन्तोष थापाले दागबत्ति दिएका थिए। उक्त अवसरमा मगर संघ, बेलायतका अध्यक्ष कुल बहादुर थापाले स्व. थापाको जिवनीका बारे उप
स्थित सबैलाई जानकारी दिएका थिए। मृतआत्माको चिर शान्तिको लागि २ मिनेट मौनधारण पनि गरिएको थियो। स्व. थापाका परिवारमा श्रीमती, ३ छोरी र १ छोरा छन। कार्यक्रम पश्चात ल्यानरम्नि स्थित रग्बी क्लबको हलमा सम्पुर्ण उपस्थित महानुभावहरुको लागि जलपान कार्यक्रमको आयोजना गरिएको थियो।
वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
No comments:
Post a Comment