ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 15 May 2010

सहकार्यको लागि BVSNW सँग छलफल

वेल्स नेपाली समुदाय, कार्डिफले आफ्नो स्थापना देखिनै बिभिन्न सामाजिक संघ संस्थाहरु सँग भाईचारा अभिबृद्धि गर्दै सहकार्यकोलागि हात बढाइरहेको छ। यसैको निरन्तरता स्वरुप गत १३ मे २०१० को दिन हाम्रो संस्थाका एक प्रतिनिधि मण्डलले Black Voluntary Sector Network Wales (BVSNW) सँग सम्पर्क गरि छलफल गरेको छ। वेल्स एसेम्बली सरकारको आर्थिक सहयोगमा वेल्समा रहेका जातीय अल्पसंख्यकहरु (ethnic minorities)को छाता संगठनको रुपमा काम गरिरहेको उक्त संस्थासँग आबद्ध रहि कार्य गर्ने उद्देश्यले अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा संस्थाका सदस्य रामचन्द्र पोखरेल सहितको टोलीले BVSNW का कार्यक्रम निर्देशक माईकल फ्लानसँग भेट गरि छलफल गर्यो। उक्त अवसरमा आपसी हितका बिषयमा कुरा हुनुका साथै एकआपसमा सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने बिषयमा ब्यापक छलफल भयो। कार्यक्रम निर्दैशक माईकलले हाम्रो संस्थासँग सहकार्य गरि अघि बढ्नको लागि तयार रहेको जानकारी गराउँदै BVSNW को आगामी कार्यक्रमहरुको बारेमा बताउनु भएको थियो। वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्षले पनि BVSNW को सबै कार्यक्रमहरुमा हातेमालो गर्दै सक्दो सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस भेटघाट र छलफल कार्यक्रमको संयोजन रामचन्द्र पोखरेलले गर्नुभएको थियो।
भेटघाटको अन्तमा निर्देशक माईकलले १६ मे २०१०, आइतवारको दिन BVSNW ले आयोजना गर्न लागेको 5 x side युवा फुटबल खेलको लागि नेपालीहरुको टिमको पनि सहभागिताको लागि अनुरोध गर्नुभयो। हाम्रो संथाको तर्फबाट युवा फुटबल टोली बनाई सहभागि गराउने आश्वासन दिएर त्यसको लागि आवश्यक पहल गर्ने सहमति भएको थियो।

No comments:

Post a Comment