ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Thursday, 17 June 2010

कार्डिफ फुटवल वर्ल्ड कपमा नेपाली फुटवल टिमले खेल्ने

वर्ल्ड कप फुटवलको स्वादमा रमाउनको लागि फर्स्ट स्पोर्ट्स कार्डिफले आगामी ४ जुलाई २०१० आइतवारका दिन "कार्डिफ फुटवल वर्ल्ड कप" आयोजना गर्दै छ। ५ खेलाडि एकतर्फ हुने उक्त खेलमा "नेपाली फुटवल टिम, कार्डिफ" को पनि सहभागिता रहने जानकारी गराउँदछौं। ८ जना नेपाली युवा खेलाडिलाई हाम्रो संस्थाका सदस्य रामचन्द्र पोखरेलले नेतृत्व प्रदान गर्नुहुनेछ। हाम्रो टिमलाई हौसला प्रदान गर्नको लागि हामि सम्पुर्ण कार्डिफ निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त खेलमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं। खेलको बारेमा अन्य जानकारीको लागि ०७५७५५१४९१५ नम्बरको टेलिफोन वा pokharel_rc@yahoo.co.uk मा रामचन्द्र पोखरेललाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

कार्यक्रम सम्बन्धि जानकारी
मिति: ४ जुलाई २०१०, आइतवार
समय: दिनको १२:०० बजे
स्थान: Cardiff Gol Centre
Lawrenny Avenue
Canton
Cardiff
CF11 8BR
02920375760

Tuesday, 8 June 2010

आर्ट काउन्सिल वेल्स सँग सहकार्यको लागि छलफल

गत २ जुन २०१०, बुधवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफको एक प्रतिनिधि मण्डलले आपसी सहकार्य एवं सम्बन्ध विस्तारको लागि "आर्ट काउन्सिल अफ वेल्स" की प्रतिनिधि जेनी स्टोभ सँग भेट गर्यो। रामचन्द्र पोखरेलको संयोजकत्वमा गएको उक्त टोलीमा यस समुदायका सदस्य महेश देवकोटाको सहभागिता थियो। उक्त अवसरमा विशेष गरेर कार्डिफ वरपरका नेपालीहरुलाई कसरी आर्ट सम्बन्धि काममा प्रोत्साहित गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो। बिभिन्न कला भएर पनि यहाँ अवसर नपाएका नेपालीहरुलाई अवसर प्रदान गरि आफुमा भएको कलालाई निरन्तरता दिन तथा स्थानीय व्यक्तिहरुलाई पनि आफुमा भएको कला सिकाउनको लागि बिभिन्न तरिकाले सहयोग गर्ने बचन दिदै काउन्सिलकी प्रतिनिधि जेनिले आवस्यक परेको खन्डमा त्यसता कलालाई प्रोत्साहित गर्न आफ्नो काउन्सिलले आर्थिक सहयोग पनि गर्न सक्ने जानकारी दिइन। सोहि अवसरमा जेनीले आपसी सम्बन्ध बिस्तारको लागि काउन्सिल सँधै तत्पर रहेको जानकारी गराइन।