ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Friday, 9 July 2010

कार्डिफ फुटवल वर्ल्ड कप र हाम्रो सहभागिता

फर्स्ट स्पोर्टस कार्डिफले आयोजना गरेको वर्ल्डकप फुटबल फाइनल खेल गत ४ जुलाई २०१०, आइतवारका दिन सम्पन्न भयो। यसपालिको वर्ल्डकपमा भाग लिएका बिभिन्न देशहरुको नाम बाट कार्डिफ वरपरका टिमहरुले भाग लिएका थिए। साउथ अफ्रिकामा सम्पन्न वर्ल्डकपमा भाग नलिएको भएपनि हाम्रो "नेपाली फुटवल टिम, कार्डिफले" आफ्नो टिमको नाम "नेपाल" राख्दै प्रतिस्पर्धामा उत्रिएको थियो। गोल फुटवल सेन्टर, क्यान्टन, कार्डिफमा सम्पन्न उक्त खेलमा नेपालको अलावा ब्राजिल, क्यामरुन, इटाली, जिम्वाबे, जापान, इराक, दक्षिण अफ्रिका, अल्जेरिया, नेदरल्यान्ड, अर्जेन्टिना, फ्रान्स, उरुग्वे, होन्डुरस, ग्रिस, स्पेन, जर्मनी, घाना, इभोरी कोष्ट एवं पोर्चुगलको नामबाट टिमहरु सहभागि भएका थिए। नेपाली फुटबल टिमले इराक, दक्षिण अफ्रिका, अल्जेरिया र नेदरल्यान्ड जस्ता टिमहरुसँग भिडदै तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। नेपाल टिमको तर्फबाट धनेन राई, अमर मल्ल, सरोज लिम्बु, उमेश थापा, समिर लिम्बु, बिजय गुरुङ, अनुप गुरुङ र अतिथि खेलाडिको रुपमा माइकल बारबुजा ले राम्रो खेलको प्रदर्शन गरेका थिए। नेपाल टिमको लागि नेपाली फुटबल टिम, कार्डिफको सम्पुर्ण व्यवस्थापन एवं नेतृत्व रामचन्द्र पोखरेलले गर्नु भएको थियो।
थप फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोस

No comments:

Post a Comment