
हाँसो,ठट्टा र रमाईलोको बिच यस वर्षको समर बारबिक्यू कार्यक्रम भब्य रुपमा सम्पन्न भयो। स्थानीय "बार वाई के" पवमा गत १४ अगष्ट शनिवारको दिन सम्पन्न कार्यक्रममा करिव १५० नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता थियो। बिहानै देखि बारबिक्यू र अन्य चटपट खानाहरुले सुरु गरिएको कार्यक्रम बिभिन्न मनोरंजनात्मक कार्यक्रमहरु गर्दै सम्पन्न भएको थियो। टाढा टाढा देखिका नेपाली दाजुभाईहरु पनि उपस्थित भई सम्पन्न कार्यक्रममा नेपाली खानपानका साथै अन्य कार्यक्रम जस्तै म्युजिकल चेयर, समुह नृत्य आदीको पनि आयोजना गरिएको थियो। महिला दिदीबहिनीहरुको लागि सम्पन्न म्युजिकल चेयर श्रीमती संजिला खडकाले जित्नुभयो भने वालवालिकाको लागि आयोजित म्युजिकल चेयर आभाष देवकोटाले जिते। आगामी दशैं-तिहार कार्यक्रममा दुवै बिजेतालाई पुरस्कार दिने निर्णय गरिएको छ। उक्त कार्यक्रममा कार्डिफमा सम्पन्न नेपाल पर्यटन वर्ष २०११ को प्रवर्धन कार्यक्रममा आफ्ना नृत्यहरुद्वारा मनोरंजन

प्रदान गर्नुहुने दिदीबहिनीहरु तथा साना नानीहरुलाई प्रोत्साहन स्वरुप संस्थाको तर्फबाट धन्यवाद दिदै एक एक वटा कार्ड दिइएको थियो। सम्पुर्ण कार्यक्रम अवधिभर सहभागि सबैले भरपुर मनोरंजन लिएको देखिन्थ्यो।
यस कार्यक्रमलाई सफल पार्नको लागि आफ्नो अमुल्य समय खर्चगरि सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु प्रति यस संस्था हार्दिक आभार व्यक्त गर्न चाहन्छ। साथै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछ।
No comments:
Post a Comment