ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 24 December 2011

हार्दिक मंगलमय शुभकामना !!!


ईस्वी सम्बतको नयाँ बर्ष २०१२ तथा क्रिसमस २०११ को शुभ उपलक्ष्यमा
वेल्स निवाशी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै
यस पुनित अबसरमा सम्पूर्ण नेपाली
परिवारको शुख शान्ति एबं
समृद्धिको कामना
गर्दछौं |
वेल्स नेपाली समुदाय, कार्डिफ

Friday, 9 December 2011

कार्डिफमा क्रिसमस सम्बन्धि कार्यक्रम र हाम्रो सहभागिता


६ डिसेम्बर २०११, मंगलबारका दिन क्रिसमस नजिकिदै गरेको बेला कार्डिफ काउन्सिलका लर्ड मेयर डिलम बोवेनको आयोजनामा क्रिसमस सम्बन्धि कार्यक्रम LORD MAYOR’S CIVIC SERVICE OF NINE LESSONS AND CAROLS SERVICE सम्पन्न भएको छ| कार्डिफ काउन्सिल तथा लर्ड मेयरले आयोजना गर्ने प्राय सबै अफिसियल कार्यक्रमहरुमा निमन्त्रणा आउने क्रममा यसपाली पनि निमन्त्रणा प्राप्त भएपछि वेल्स नेपाल समुदायले सहभागिता जनाएको उक्त कार्यक्रम कार्डिफको द सिटि पारिश चर्च मा सम्पन्न भएको थियो| बेलुकी ६.३० मा शुरु भएको उक्त कार्यक्रम विभिन्न रोचक झलकहरुका साथ करिब ७.३० सम्म चली चियापान समारोहमा परिणत भएको थियो|

Sunday, 13 November 2011

रिमेम्बरेन्स डे २०११ कार्यक्रम र हाम्रो सहभागिता


कार्डिफ, १३ नोभेम्बर २०११, आईतवारका दिन ब्रिटिश लिजन कार्डिफ र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०११ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा वेल्स नेपाली समुदायको तर्फबाट भुतपुर्ब गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो|

Tuesday, 18 October 2011

दशैं-तिहार २०६८ कार्यक्रम भब्य रुपमा सम्पन्न



१५ अक्टोबर २०११, व्यापक हर्ष र उल्लासका साथ वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा नेपालीहरुको महान चाडहरु दशैंतिहार २०६८ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| वेल्सको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका नेपाली दाजूभाई तथा दिदीबहिनिहरुलाई समेट्दै नेपालीहरुको महान चाडहरु दशैंतिहार एउटै थलोमा मनाएर बढी भन्दा बढी मनोरंजन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सांस्कृतिक टोलीले सामुहिक रुपमा पानस बालेर शुरु भएको थियो|

Wednesday, 28 September 2011

बडा दशैं २०६८ को शुभ उपलक्ष्यमा हार्दिक शुभकामना !


डा दशैं २०६८ को शुभ उपलक्ष्यमा वेल्स निवाशी सम्पूर्ण नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |

Sunday, 18 September 2011

यस बर्षको दशैं – तिहार कार्यक्रम सम्बन्धि जानकारी

गत वर्षहरु जस्तै यस वर्ष पनि "वेल्स नेपाली समुदाय, कार्डिफ"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ दशैं-तिहार २०६८ कार्यक्रम भब्य रुपमा मनाउने निधो गरेको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०६८ कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "वेल्स नेपाली समुदाय, कार्डिफ" हार्दिक अनुरोध गर्दछ|

Wednesday, 31 August 2011

चेलीबेटीहरुको तिज पर्ब सम्पन्न


३० अगस्ट २०११ मंगलवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो |

Wednesday, 3 August 2011

वेल्समा विवेक श्रेष्ठ सम्मानित

बेलायतमा बसोबासरत लोकप्रिय गायक विवेक श्रेष्ठलाई वेल्स नेपाली समुदाय, कार्डिफले हालै कार्डिफस्थित स्पटको हलमा स्वागत तथा सम्मान गरेको छ । बेलायतमा रहेर नेपाली समुदायबीचमा आप्नो लोक संस्कृति तथा सामाजिक सहयोगार्थ सञ्चालन हुने विवेक श्रेष्ठलाई यस संस्थाका अध्यक्ष चित्रबहादुर राई र वरिष्ठ सदस्य बीरबहादुर गुरुङले खादा ओढाइ सम्मान गर्नुभएको थियो ।
त्यसैगरी श्रीमती सिम्मी श्रेष्ठलाई अध्यक्ष पत्नी संगीता राई तथा केदार कुमारी श्रेष्ठले खादा ओढाइ सम्मान गर्नुभएको थियो । सो कार्यक्रमको संचालन गर्दै संस्थाका सचिव रोशन भट्टराईले गायक विवेक श्रेष्ठको कालजयी गीत र आप्mना विद्यार्थी कालको संस्मरणहरु सुनाउँनु हुँदै उहाँको स्वागत गर्नुभएको थियो ।श्रेष्ठले बलायतको विभिन्न संस्थाहरुमा गर्नुभएको सहभागिता तथा गत वर्ष एनआरएन युकेद्वारा आयोजना गरिएको टिबुट टु लिजेण्ड कार्यक्रमको सोच र सफलतामा उहाँको भूमिको उल्लेख गर्नुभएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर राईले लोकप्रिय गायकलाई वेल्समा स्वागत गर्नु पाउनु खुशीको कुरा हो भन्नु हुँदै कन्दरा बैण्डको उहाँको स्वरमा गाइएको हङकङ पोखराले हङकङमा आफ्नो थुप्रै जुत्ता फाटेको स्मरण रमाइलो पारामा गर्नुभएको थियो । सो अवसरमा गायक विवेक श्रेष्ठले आफुमाथि वेल्सका नेपालीहरुबाट दर्शाइएको सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै वेल्सका नेपाली समुदायले छोटो अवधिमा हासिल गरेको उपलब्धि सुन्दा खुशी लागेको कुरा व्यक्त गर्नुभयो । जलपानका साथमा सञ्चालन भएको कार्यक्रममा उहाँका आफ्नै लोकप्रिय गीतहरु प्रस्तुत गर्नुभएको थियो ।सो गीतहरुसँग उपस्थित सबैले नाँचेर साथ दिनुभएको सो कार्यक्रम मध्यरातसम्म चलेको थियो ।

Sunday, 24 July 2011

वेल्स नेपाली समुदायको तेस्रो समर बारबिक्यू

गत बर्षहरु जस्तै यस वर्ष पनि वेल्स नेपाली समुदाय , कार्डिफले पारिवारिक समर बारबिक्यू कार्यक्रमको को आयोजना गरि संस्था स्थापनाको दोस्रो बार्षिकोत्सव भब्यरुपले मनाऊने निधो गरेको छ। वेल्स वरिपरि छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बिच रमाईलो भेटघाट, एकअर्का बिच परिचय, भाइचारा, तितामीठा बातचितको आदन प्रदानको साथ साथै एक आपसमा भरपुर मनोरन्जन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रममा समस्त वेल्स निवासी नेपालीहरुलाई आमन्त्रण गरिन्छ। कार्यक्रम सम्बन्धि जानकारी तल उल्लेख गरिएको छ।

कार्यक्रम सम्बन्धि अन्य जानकारीहरु:

मिति: ६ अगष्ट २०११, शनिवार
समय: बिहान १० बजे देखि बेलुकी २१ बजे सम्म
स्थान: Cosmeston Lakes and Medieval Village, Lavernock Rd, Penarth, CF64 5UY , फोन न. ०२९२० ७०१६७८

प्रवेश सहयोग शुल्क: £८ (१५ वर्ष माथी), £५ (१० देखि १५ वर्ष सम्म), £३ (६ देखि १० बर्ष सम्म) ५ वर्ष भन्दा मुनिलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।
नोट: प्रवेश टिकट कार्यक्रम स्थलकै मुलद्वारमा लिन सकिने व्यवस्था मिलाइएको छ। अन्य जानकारीको लागि आफ्नो नजिकको कार्यसमिति पदाधिकारीसंग सम्पर्क गर्नुहोला।

यातायात सुबिधा: बसबाट यात्रा गर्नुहुने महानुभाबहरुको लागि ९४ नम्बरको कार्डिफ बस प्रयोग गर्न सकिन्छ बस पार्क को गेट सम्म नै जाने हुँदा £३ को Day 2 Go वा Family Ticket जुन आफुलाई उपयुक्त हुन्छ बस मै लिन सकिने छ।
कारबाट यात्रा गर्नुहुने महानुभाबहरुको लागि कार्यक्रमस्थल को नजिकै पर्याप्त कारपार्कको सुबिधा छ ।
कार रुट को लागि पार्क को ठेगाना Cosmeston Lakes and Medieval Village, Lavernock Rd, Penarth, CF64 5UY गुगल मा वा पार्क को Internet ठेगाना http://www.cosmeston.com/ अथवा http://www.valeofglamorgan.gov.uk/default.aspx
मा सम्पूर्ण जानकारी पाउन सकिने छ।

यसै कार्यक्रमको वेला संस्थाको साधारण सभाको बैठक पनि बस्ने कुरा अवगत गराउँदै सम्पुर्ण सदस्य महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।



Monday, 18 April 2011

नयाँ बर्ष २०६८ कार्यक्रम भब्य रुपमा सम्पन्न

ढो हर्ष र उल्लासकासाथ नयाँ बर्ष २०६८ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमका साथ नयाँ बर्ष कार्यक्रम सम्पन्न भएको छ। विभिन्न भेषभुषामा सजिएका नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु ज्यादै प्रोत्साहित र गौरवान्वित देखिन्थे भने बिदेशी पाहुनाहरु नेपाली नयाँ बर्ष मनाउन उपस्थित हुन् पाउँदा उत्तिकै रोमान्चित देखिन्थे। नेपाली खाना, गीत, संगित र नांचगानले भरिपूर्ण उक्त कार्यक्रम मनोरंजनपूर्ण थियो। बिदेशी भूमिमा आएर पनि आफ्नो नेपाली पन गुमाउनु नपर्दा सबै नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु खुशीले दङ्ग देखिन्थे। ३ बैशाख २०६८ अथवा १६ अप्रिल २०११ मा हिथ सोसिअल क्लबमा बेलुकी १८.०० बजेदेखि ११.०० बजेसम्म भएको कार्यक्रममा कार्डिफ, ब्रेकन, ब्रिजेण्ड र अन्य क्षेत्रबाट आउनुभएका नेपाली तथा गैर नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कार्डिफ काउन्सिलका लर्ड मेयर श्री किथ हाईड रहनु भएको थियो भने उहाँका साथमा श्रीमती आन हाईडको पनि उपस्थिति रहेको थियो। यसका साथसाथै उपस्थित हुनुहुने अन्य बिशेष अतिथिहरुमा काउन्सिलर -श्रीमान तथा श्रीमती गेभिन कक्स, काउन्सिलर नाईजल हावेल, श्रीमान तथा श्रीमती मार्क इभान्स, मेजर-श्रीमान तथा श्रीमती खुशिमान गुरुङ; Officer Commanding Brecon, जेनिफर स्टोभ; आर्ट्स काउन्सिल वेल्स, श्रीमान तथा श्रीमती मार्क नुर्कोम्बे; साफा, र मेजर रिटायर्ड – श्रीमान तथा श्रीमती गुप्त मान गुरुङ हुनुहुन्थ्यो। राम चन्द्र पोखरेलले संचालन गर्नुभएको उक्त कार्यक्रमा संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले नयाँ बर्ष २०६८ को शुभकामना र अतिथिवर्ग हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसै अबसरमा कार्यक्रमका प्रमुख अतिथि लर्ड मेयर श्री किथ हाईडले सबै नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुलाई नयाँ बर्ष २०६८ को शुभकामना दिनुभएको थियो भने विभिन्न नांचगानको कार्यक्रम लिएर प्रस्तुत हुनुभएको थियो प्रसंसा कन्दंवा र महेश देवकोटा, उहाँहरुलाई साथ दिंदै नांचगानमा सहभागी हुनुहुने भाई बहिनीहरुमा आयुष्मा श्रेष्ठ, विभूषित भट्टराई, अभिजन देवकोटा, शुभआशिष श्रेष्ठ, आभाष देवकोटा, आयुष श्रेष्ठ, प्रिती गुरुङ, प्रतिक श्रेष्ठ, र अस्मिता गुरुङ हुनुहुन्थ्यो। सम्पूर्ण अतिथि देखि नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुले बढो मनोरंजन लिनुभएको उक्त कार्यक्रममा श्री मोति प्रसाद पुन र श्री बिर बहादुर गुरुङले स्वादिस्ट खानपिनको ब्यबस्था मिलाउनु भएको थियो।




अरु फोटोहरुको लागि तलको फोटोमा थिच्नुहोस !



.

Sunday, 17 April 2011

नयाँ बर्ष २०६८ कार्यक्रमका भिडियोहरु

नेपाली र वेल्सको रास्ट्रियगान प्रस्तुत गर्दै लर्ड मेयर किथ हाईड र श्रीमती आन हाईडका साथमा नेपाली दाजू-भाई तथा दिदी बहिनीहरु


"कालो चस्मा लाउ है मैयाँ बिशालबजारको" गीतको बोलमा नृत्य प्रस्तुत गर्दै भाई बहिनीहरु आयुष्मा, विभूषित, अभिजन, शुभआशिष, आभाष र आयुष

"यत्ता पर्यो माथिल्लो गाउँ" बोलको - गुरुङ गीतमा नृत्य प्रस्तुत गर्दै बहिनी प्रिती गुरुङ


"रेली खोला बगर" भन्ने नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गर्दै बहिनी प्रसंशा कन्दंवा

Ne-Yo One in a million - अंग्रेजी गीतमा नृत्य प्रस्तुत गर्दै भाई प्रतिक श्रेष्ठ

"सपनीमा हो कि बिपनीमा हो कि" भन्ने नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गर्दै बहिनी अस्मिता गुरुङ

अंग्रेजी गित प्रस्तुत गर्दै बहिनी प्रसंशा कन्दंवा

Monday, 4 April 2011

नयाँ वर्ष २०६८ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना


वेल्स निवासी सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०६८ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यस पावन अबसरमा सम्पूर्ण नेपाली परिवारको शुख शान्ति एवं समृद्धिको कामना गर्दछौं।


.

वेल्स नेपाली समुदाय, कार्डिफको लोगो

आईतबार ३ अप्रिल २०११ मा बसेको "वेल्स नेपाली समुदाय, कार्डिफ"को कार्यसमिति मिटिंगले "वेल्स नेपाली समुदाय, कार्डिफ"को लोगो सर्बसम्मत रुपमा पारित गरेको छ। यस लोगो "वेल्स नेपाली समुदाय, कार्डिफ"को सम्पति रहनेछ र संस्थाको अनुमति बिना लोगोको आकार र रुपमा फेरबदल गरि प्रयोग गर्न बन्देज गरिएको छ। अन्य जानकारीको लागि संस्थाको ई मेल मार्फत सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद!


.

Thursday, 10 March 2011

"नयाँ वर्ष २०६८" भब्य रुपमा मनाउने तयारी र यस सम्बन्धि जानकारी

सधै जस्तै यसपाली पनि बिभिन्न साँस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमहरुको साथमा नेपाली “नयाँ वर्ष २०६८” लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १६ अप्रिल २०११ (०३ बैशाख २०६८) शनिवारको दिन “वेल्स नेपाली समुदाय, कार्डिफ”ले "नयाँ वर्ष २०६८" कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति एवं “वेल्स नेपाली समुदाय, कार्डिफ” संग हातेमालो गर्दै अगाडी बढ्न सहयोग गर्ने विभिन्न स्थानीय संस्थाका प्रतिनिधिहरुको सहभागिताको अपेक्षा गरेका छौं। भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा कार्डिफ काउन्सिलका लर्ड मेयर श्री किथ हाईडको उपस्थितिको आशा राखेका छौं। आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि मुरी मुरी धन्यबाद ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपूर्ण स्थान रहने छ भन्ने कुरामा विश्वस्त छौं । बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।

कार्यक्रम स्थल र समय सम्बन्धि जानकारी

मिती - १६ अप्रिल २०११ , (०३ बैशाख २०६८), शनिवार समय – १८.०० बजे देखि २३.०० बजे सम्म स्थान - The Heath Social Club, हिथ सोसिअल क्लब, हिथ हस्पिटल (The Heath Social Club is situated just opposite of multi-storey car park)

University Hospital of Wales, Heath Park,

Cardiff, CF14 4XW

02920742440, 02920742927 कार पार्क सम्बन्धि जानकारी स-शुल्क कार पार्क - कार पार्कको लागि हिथ सोसिअल क्लब को नजिकै रहेको multi-storey कार पार्कमा पार्क गर्न सकिन्छ, कार पार्क प्रयोग गरिएको अबधि अनुसार पार्किंग शुल्क ३ देखि ५ पाउण्ड लाग्नेछ। ईच्छुक महानुभाबहरुले शुल्क ३ पाउण्ड तिरी कार पार्किंग अग्रिम बुकिंग गर्न सकिने ब्यबस्था छ। अथवा नि:शुल्क कार पार्क – नि:शुल्क पार्किंगको लागि कार्यक्रम स्थलको नजिकै रहेको Allensbank Road अथवा Wedal Road मा पार्क गरि हिनेर सजिलै कार्यक्रम स्थल पुग्न सकिन्छ, Allensbank Road वा Wedal Road पत्ता लगाउनको लागि मात्र (155 Allensbank Road,CF14 3QY or Wedal Road, CF14 3QX) प्रयोग गर्नुहोला। कृपया नोट गर्नुहोला यो पोस्ट कोड कार्यक्रम स्थलको होईन। कार्यक्रम स्थल कार्डिफ बस मार्फत सजिलै पुग्न र फर्कन सकिने हुँदा, बस बाट यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको कार्डिफ बसको समय हेर्नुहुन् हादिक अनुरोध गर्दछौं।


.

कार्यक्रममा प्रवेशको लागि सहयोग शुल्क यसप्रकार छ।


प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि) ५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म) नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। अन्य जानकारीको लागि यस संस्थाको ई मेल wnccardiff@yahoo.co.uk मार्फत वा संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीसंग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।


.

Wednesday, 2 March 2011

राष्ट्रिय सेन्ट डेविड्स दिबसमा हाम्रो सहभागिता र भुमिका

१ मार्च २०११, मंगलवार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे। वेल्सका स्थानीय बासिन्दा र बिदेशबाट वेल्समा आई बसोबास गर्ने विभिन्न समुदायका जनमानसको सहभागिता बराबर देखिन्थ्यो। विभिन्न रंगी बिरंगी कपडामा सजिएका जन समुदायले आ-आफ्नो बाजागाजा मार्फत भूमिनै थर्काएका थिए भने बाजागाजा सहितको टोलि स्कटल्याण्ड देखि धाउन पनि पछि नपरेका देखिए,"वेल्स नेपाली समुदाय, कार्डिफ"को लागि पाईपरको ब्यबश्था श्री खुशिमान गुरुङ-अफिसर कमान्डर, ब्रेकनले गर्नुभएको थियो ।
हाम्रा नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु आफ्नो राष्ट्रिय पोशाकमा सजिएर “वेल्स नेपाली समुदाय, कार्डिफ” को ब्यानर र वेल्सको झन्डा बोकेर परेडमा उपस्थित हुँदा त्यो भूमिमा सधै भन्दा बेग्लै अनुभूति र गौरब आफैमा गुन्जिरहेको थियो भने माईक्रोफोन समातेर मन्चमा भाषण गर्ने प्रतेक बिशिस्ट व्यक्तिहरुको बोलिबाट “वेल्स नेपाली समुदाय” प्रति देखाएका सम्मान र उनीहरुले नेपालीहरु प्रति देखाएका ईज्जतपूर्ण व्यवहार र हामी त्यहाँ उपस्थित हुँदा उनीहरुले अनुभब गरेको गौरबपूर्ण बातावरणले प्रतेक नेपालीको मुटु गौरबले भुक्क फुलेको थियो। बिदेशी भूमिमा रहेर पनि आफ्नो देश, भेष र संस्कृतिलाई सधै उँचो बनाउन गरेको त्यो उपस्थितिको महत्व त्यहाँ उपस्थित हुँदा देखिएको अनुभूतिले नेपाल र नेपालीप्रतिको सदभाब र मायाँ अझ गाडा भएको प्रस्ट हुन्थ्यो।
कुनै पत्रकार नेपाली टोपीका बारेमा अन्तरबार्ता लिईरहेका थिए भने अरु कैयौं पत्रकारहरु नेपाली दौरा सुरुवाल, दिदीबहिनीहरुको पहिरनको र नेपालको बारेमा जानकारी लिन तछाड मछाड गर्दै क्यामरा र माइक्रोफोन तेर्स्याउदै थिए त सयौं दर्शकहरु बाटोको वरिपरी उभिएर नमस्कार र हेलो गोर्खाली भन्न ब्यस्त देखिन्थे, एता हाम्रा दाजू-भाई तथा दिदीबहिनीहरु नमस्ते फर्काउदै र हात हल्लाउदै आफैमा गौरबान्वित देखिन्थे।
वेल्सको राजधानी कार्डिफमा भएको हाम्रो यो सहभागिता यस्ता खालका कार्यक्रममा पहिलो सहभागिता हो र यस सहभागिताले हामी र हाम्रो देश, भेष र संस्कृतिलाई चिनाउन ठूलो भूमिका खेलेको छ। जीवनको यस्तो धेरै महत्वपूर्ण घडीमा आफ्नो काम, धाम, थकाई, भोक र तिर्खालाई त्यागेर उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु प्रति “वेल्स नेपाली समुदाय, कार्डिफ” हार्दिक धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि यस्तै सदभाब र सहयोग आदान प्रदान जारी रहनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
वेल्सको राजधानी कार्डिफको सिटि हलको प्रांगणमा दिनको १२.१५ मा शुरु भएको उक्त भेला परेडमा परिणत भई किंग्सवे - सेन्ट मेरी स्ट्रीट - मिल लेन हुँदै - द हेसको प्रांगणमा आई करिब १३.३० मा बिसर्जन गरिएको थियो। वेल्स नेपाली समुदाय, कार्डिफका तर्फबाट संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले नेतृत्व गर्नुभएको उक्त परेडमा कार्डिफका विभिन्न क्षेत्र र ब्रेकन बाट आउनुभएका करिब ३५ नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुको सहभागिता थियो।

बिशेष धन्यवाद!

यस कार्यक्रममा पाईपर उपलब्ध गराई ठूलो सहयोग गर्नुहुने मेजर खुशी मान गुरुङ ( अफिसर कमान्डर, ब्रेकन) र संस्थाको ब्यानर उपलब्ध गराई सहयोग गर्नुहुने श्री विभूषण मान श्रेष्ठ लाई “वेल्स नेपाली समुदाय, कार्डिफ” बिशेष धन्यवाद ज्ञापन गर्दछ।


.अरु फोटोहरुको लागि तलको फोटोमा थिच्नुहोला!
.

.


Saturday, 29 January 2011

राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०११ र हाम्रो सहभागिता

गत २७ जनवरी २०११ बिहिवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०११” भब्य रुपमा सम्पन्न भयो। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना भएको सबैमा ठहर थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ। नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।
समय बित्दै जाँदा होलोकस्टमा बाँच्नेको संख्या घट्दै गयो भने उनीहरुले भन्ने कथा जस्तो लाग्ने सत्य कहानी इतिहास बन्न पुग्यो। बिगतमा भएका ठुला गल्तीबाट पाठ सिक्न र यस्ता अत्याचार भबिस्यमा हुन नदिन पहल हुनुपर्ने कुरामा केन्द्रित रहेको उक्त सम्झना कार्यक्रम होलोकस्ट हत्याकाण्डमा हत्या भएका र त्यहाँ बाट बाँचेर फर्कनेहरुलाई सम्झने अति महत्वपुर्ण क्षण थियो।
सिटी हल कार्डिफमा भएको यस्तो महत्वपुर्ण क्षणमा आफ्नो बहुमुल्य समय खर्चेर उपस्थित हुनुहुने नेपाली दाजू भाई तथा दिदीबहिनीहरु चित्र बहादुर राई, संगीता राई, मोति प्रसाद पुन, बिराशंकर राई, राधिका राई, रबिन्द्र तुम्बाहाम्फे, शसी तुम्बाहाम्फे, चित्रा देवकोटा, महेश देवकोटा, बिर बहादुर गुरुङ, लोकनाथ अधिकारी, पदम गुरुङ, हर्क बहादुर राई, ईच्छा राई, कमला थापा, कविता थापा, शोभा पोखरेल र राम चन्द्र पोखरेल प्रति “वेल्स नेपाली समुदाय, कार्डिफ” हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
.
होलोकस्ट सम्बन्धि अरु जानकारीको लागि तलको लिंक हेर्नुहोला।
http://www.ushmm.org/wlc/en/article.php?ModuleId=10005143
http://www.hmd.org.uk/about/



नोट – होलोकस्ट सम्बन्धि जानकारी निम्न लिंकहरुबाट लिईएको हो।
http://www.ushmm.org/wlc/en/article.php?ModuleId=10005143
http://www.hmd.org.uk/about/


.

Sunday, 2 January 2011

कार्यक्रम तथा समन्वय बिभाग उप-समिति गठन

“वेल्स नेपाली समुदाय, कार्डिफ”, नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र भाबी पुस्तामा आफ्नो कला र संस्कृतिले निरन्तरता पाउनु पर्छ भन्ने कुरामा सधै विश्वस्त रहेको कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छौ।
यसै अन्तर्गत गत ३ अक्टोवर २०१० मा बसेको संस्थाको कार्यसमितिको बैठकले संस्थाका कामहरु अझ सरल र पारदर्शी बनाउदै जाने र नेपाली कला र संस्कृतिको जगेर्नामा सकेसम्म बढी जोड दिने उदेश्यले विभिन्न विभागका उप-समिति गठन गर्ने निर्णय अनुसार हालसालै ६ सदस्यीय कार्यक्रम तथा समन्वय बिभाग उप-समिति गठन भएको छ। संस्थाका सह-सचिब श्री रामचन्द्र पोखरेलको संयोजकत्वमा गठित कार्यक्रम तथा समन्वय बिभाग उप-समितिको नामावली निम्न प्रकार छ।

कार्यक्रम तथा समन्वय बिभाग उप-समिति

संयोजक - श्री रामचन्द्र पोखरेल
सदस्य - श्री विभूषणमान श्रेष्ठ
सदस्य - श्री अमर मल्ल
सदस्य - श्री शिब गुरुङ
सदस्य - श्री सजिन मादेन
सदस्य - श्री समिर लिम्बु

संस्थाको विभिन्न विभागका उप-समिति गठन गर्ने निर्णय अनुसार संस्थाका सदस्यहरु महेश देवकोटा (संगठन विस्तार विभाग उप-समिति) र अमर मल्ल (युवा, खेलकुद तथा विधार्थी विभाग उप-समिति) संयोजक रहनुभएको भिन्न उप-समितिहरु पनि पहिलेनै गठन भईसकेको कुरा जानकारी गराउन चाहन्छौ। यस सम्बन्धि अरु जानकारीको लागि यसै ब्लगमा प्रकाशित समाचार हेर्नुहोला।

.