ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 29 January 2011

राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०११ र हाम्रो सहभागिता

गत २७ जनवरी २०११ बिहिवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०११” भब्य रुपमा सम्पन्न भयो। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना भएको सबैमा ठहर थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ। नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।
समय बित्दै जाँदा होलोकस्टमा बाँच्नेको संख्या घट्दै गयो भने उनीहरुले भन्ने कथा जस्तो लाग्ने सत्य कहानी इतिहास बन्न पुग्यो। बिगतमा भएका ठुला गल्तीबाट पाठ सिक्न र यस्ता अत्याचार भबिस्यमा हुन नदिन पहल हुनुपर्ने कुरामा केन्द्रित रहेको उक्त सम्झना कार्यक्रम होलोकस्ट हत्याकाण्डमा हत्या भएका र त्यहाँ बाट बाँचेर फर्कनेहरुलाई सम्झने अति महत्वपुर्ण क्षण थियो।
सिटी हल कार्डिफमा भएको यस्तो महत्वपुर्ण क्षणमा आफ्नो बहुमुल्य समय खर्चेर उपस्थित हुनुहुने नेपाली दाजू भाई तथा दिदीबहिनीहरु चित्र बहादुर राई, संगीता राई, मोति प्रसाद पुन, बिराशंकर राई, राधिका राई, रबिन्द्र तुम्बाहाम्फे, शसी तुम्बाहाम्फे, चित्रा देवकोटा, महेश देवकोटा, बिर बहादुर गुरुङ, लोकनाथ अधिकारी, पदम गुरुङ, हर्क बहादुर राई, ईच्छा राई, कमला थापा, कविता थापा, शोभा पोखरेल र राम चन्द्र पोखरेल प्रति “वेल्स नेपाली समुदाय, कार्डिफ” हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
.
होलोकस्ट सम्बन्धि अरु जानकारीको लागि तलको लिंक हेर्नुहोला।
http://www.ushmm.org/wlc/en/article.php?ModuleId=10005143
http://www.hmd.org.uk/about/



नोट – होलोकस्ट सम्बन्धि जानकारी निम्न लिंकहरुबाट लिईएको हो।
http://www.ushmm.org/wlc/en/article.php?ModuleId=10005143
http://www.hmd.org.uk/about/


.

Sunday, 2 January 2011

कार्यक्रम तथा समन्वय बिभाग उप-समिति गठन

“वेल्स नेपाली समुदाय, कार्डिफ”, नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र भाबी पुस्तामा आफ्नो कला र संस्कृतिले निरन्तरता पाउनु पर्छ भन्ने कुरामा सधै विश्वस्त रहेको कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छौ।
यसै अन्तर्गत गत ३ अक्टोवर २०१० मा बसेको संस्थाको कार्यसमितिको बैठकले संस्थाका कामहरु अझ सरल र पारदर्शी बनाउदै जाने र नेपाली कला र संस्कृतिको जगेर्नामा सकेसम्म बढी जोड दिने उदेश्यले विभिन्न विभागका उप-समिति गठन गर्ने निर्णय अनुसार हालसालै ६ सदस्यीय कार्यक्रम तथा समन्वय बिभाग उप-समिति गठन भएको छ। संस्थाका सह-सचिब श्री रामचन्द्र पोखरेलको संयोजकत्वमा गठित कार्यक्रम तथा समन्वय बिभाग उप-समितिको नामावली निम्न प्रकार छ।

कार्यक्रम तथा समन्वय बिभाग उप-समिति

संयोजक - श्री रामचन्द्र पोखरेल
सदस्य - श्री विभूषणमान श्रेष्ठ
सदस्य - श्री अमर मल्ल
सदस्य - श्री शिब गुरुङ
सदस्य - श्री सजिन मादेन
सदस्य - श्री समिर लिम्बु

संस्थाको विभिन्न विभागका उप-समिति गठन गर्ने निर्णय अनुसार संस्थाका सदस्यहरु महेश देवकोटा (संगठन विस्तार विभाग उप-समिति) र अमर मल्ल (युवा, खेलकुद तथा विधार्थी विभाग उप-समिति) संयोजक रहनुभएको भिन्न उप-समितिहरु पनि पहिलेनै गठन भईसकेको कुरा जानकारी गराउन चाहन्छौ। यस सम्बन्धि अरु जानकारीको लागि यसै ब्लगमा प्रकाशित समाचार हेर्नुहोला।

.