ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 2 March 2011

राष्ट्रिय सेन्ट डेविड्स दिबसमा हाम्रो सहभागिता र भुमिका

१ मार्च २०११, मंगलवार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे। वेल्सका स्थानीय बासिन्दा र बिदेशबाट वेल्समा आई बसोबास गर्ने विभिन्न समुदायका जनमानसको सहभागिता बराबर देखिन्थ्यो। विभिन्न रंगी बिरंगी कपडामा सजिएका जन समुदायले आ-आफ्नो बाजागाजा मार्फत भूमिनै थर्काएका थिए भने बाजागाजा सहितको टोलि स्कटल्याण्ड देखि धाउन पनि पछि नपरेका देखिए,"वेल्स नेपाली समुदाय, कार्डिफ"को लागि पाईपरको ब्यबश्था श्री खुशिमान गुरुङ-अफिसर कमान्डर, ब्रेकनले गर्नुभएको थियो ।
हाम्रा नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु आफ्नो राष्ट्रिय पोशाकमा सजिएर “वेल्स नेपाली समुदाय, कार्डिफ” को ब्यानर र वेल्सको झन्डा बोकेर परेडमा उपस्थित हुँदा त्यो भूमिमा सधै भन्दा बेग्लै अनुभूति र गौरब आफैमा गुन्जिरहेको थियो भने माईक्रोफोन समातेर मन्चमा भाषण गर्ने प्रतेक बिशिस्ट व्यक्तिहरुको बोलिबाट “वेल्स नेपाली समुदाय” प्रति देखाएका सम्मान र उनीहरुले नेपालीहरु प्रति देखाएका ईज्जतपूर्ण व्यवहार र हामी त्यहाँ उपस्थित हुँदा उनीहरुले अनुभब गरेको गौरबपूर्ण बातावरणले प्रतेक नेपालीको मुटु गौरबले भुक्क फुलेको थियो। बिदेशी भूमिमा रहेर पनि आफ्नो देश, भेष र संस्कृतिलाई सधै उँचो बनाउन गरेको त्यो उपस्थितिको महत्व त्यहाँ उपस्थित हुँदा देखिएको अनुभूतिले नेपाल र नेपालीप्रतिको सदभाब र मायाँ अझ गाडा भएको प्रस्ट हुन्थ्यो।
कुनै पत्रकार नेपाली टोपीका बारेमा अन्तरबार्ता लिईरहेका थिए भने अरु कैयौं पत्रकारहरु नेपाली दौरा सुरुवाल, दिदीबहिनीहरुको पहिरनको र नेपालको बारेमा जानकारी लिन तछाड मछाड गर्दै क्यामरा र माइक्रोफोन तेर्स्याउदै थिए त सयौं दर्शकहरु बाटोको वरिपरी उभिएर नमस्कार र हेलो गोर्खाली भन्न ब्यस्त देखिन्थे, एता हाम्रा दाजू-भाई तथा दिदीबहिनीहरु नमस्ते फर्काउदै र हात हल्लाउदै आफैमा गौरबान्वित देखिन्थे।
वेल्सको राजधानी कार्डिफमा भएको हाम्रो यो सहभागिता यस्ता खालका कार्यक्रममा पहिलो सहभागिता हो र यस सहभागिताले हामी र हाम्रो देश, भेष र संस्कृतिलाई चिनाउन ठूलो भूमिका खेलेको छ। जीवनको यस्तो धेरै महत्वपूर्ण घडीमा आफ्नो काम, धाम, थकाई, भोक र तिर्खालाई त्यागेर उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु प्रति “वेल्स नेपाली समुदाय, कार्डिफ” हार्दिक धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि यस्तै सदभाब र सहयोग आदान प्रदान जारी रहनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
वेल्सको राजधानी कार्डिफको सिटि हलको प्रांगणमा दिनको १२.१५ मा शुरु भएको उक्त भेला परेडमा परिणत भई किंग्सवे - सेन्ट मेरी स्ट्रीट - मिल लेन हुँदै - द हेसको प्रांगणमा आई करिब १३.३० मा बिसर्जन गरिएको थियो। वेल्स नेपाली समुदाय, कार्डिफका तर्फबाट संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले नेतृत्व गर्नुभएको उक्त परेडमा कार्डिफका विभिन्न क्षेत्र र ब्रेकन बाट आउनुभएका करिब ३५ नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुको सहभागिता थियो।

बिशेष धन्यवाद!

यस कार्यक्रममा पाईपर उपलब्ध गराई ठूलो सहयोग गर्नुहुने मेजर खुशी मान गुरुङ ( अफिसर कमान्डर, ब्रेकन) र संस्थाको ब्यानर उपलब्ध गराई सहयोग गर्नुहुने श्री विभूषण मान श्रेष्ठ लाई “वेल्स नेपाली समुदाय, कार्डिफ” बिशेष धन्यवाद ज्ञापन गर्दछ।


.अरु फोटोहरुको लागि तलको फोटोमा थिच्नुहोला!
.

.


1 comment:

  1. We would love to see you taking part again in this year's (1st March 2012) 10th anniversary Parade? Please let us know gwyldewi@[DELETE THIS]gmail.com

    BTW - pictures above were taken on Weds. March 1st 2011 as the Paade always takes place on the same calendar date.

    ReplyDelete