ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 31 August 2011

चेलीबेटीहरुको तिज पर्ब सम्पन्न


३० अगस्ट २०११ मंगलवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो |

Wednesday, 3 August 2011

वेल्समा विवेक श्रेष्ठ सम्मानित

बेलायतमा बसोबासरत लोकप्रिय गायक विवेक श्रेष्ठलाई वेल्स नेपाली समुदाय, कार्डिफले हालै कार्डिफस्थित स्पटको हलमा स्वागत तथा सम्मान गरेको छ । बेलायतमा रहेर नेपाली समुदायबीचमा आप्नो लोक संस्कृति तथा सामाजिक सहयोगार्थ सञ्चालन हुने विवेक श्रेष्ठलाई यस संस्थाका अध्यक्ष चित्रबहादुर राई र वरिष्ठ सदस्य बीरबहादुर गुरुङले खादा ओढाइ सम्मान गर्नुभएको थियो ।
त्यसैगरी श्रीमती सिम्मी श्रेष्ठलाई अध्यक्ष पत्नी संगीता राई तथा केदार कुमारी श्रेष्ठले खादा ओढाइ सम्मान गर्नुभएको थियो । सो कार्यक्रमको संचालन गर्दै संस्थाका सचिव रोशन भट्टराईले गायक विवेक श्रेष्ठको कालजयी गीत र आप्mना विद्यार्थी कालको संस्मरणहरु सुनाउँनु हुँदै उहाँको स्वागत गर्नुभएको थियो ।श्रेष्ठले बलायतको विभिन्न संस्थाहरुमा गर्नुभएको सहभागिता तथा गत वर्ष एनआरएन युकेद्वारा आयोजना गरिएको टिबुट टु लिजेण्ड कार्यक्रमको सोच र सफलतामा उहाँको भूमिको उल्लेख गर्नुभएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर राईले लोकप्रिय गायकलाई वेल्समा स्वागत गर्नु पाउनु खुशीको कुरा हो भन्नु हुँदै कन्दरा बैण्डको उहाँको स्वरमा गाइएको हङकङ पोखराले हङकङमा आफ्नो थुप्रै जुत्ता फाटेको स्मरण रमाइलो पारामा गर्नुभएको थियो । सो अवसरमा गायक विवेक श्रेष्ठले आफुमाथि वेल्सका नेपालीहरुबाट दर्शाइएको सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै वेल्सका नेपाली समुदायले छोटो अवधिमा हासिल गरेको उपलब्धि सुन्दा खुशी लागेको कुरा व्यक्त गर्नुभयो । जलपानका साथमा सञ्चालन भएको कार्यक्रममा उहाँका आफ्नै लोकप्रिय गीतहरु प्रस्तुत गर्नुभएको थियो ।सो गीतहरुसँग उपस्थित सबैले नाँचेर साथ दिनुभएको सो कार्यक्रम मध्यरातसम्म चलेको थियो ।