३० अगस्ट २०११ मंगलवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |
कार्डिफको YK Bar मा दिनको १२ बजे शुरु भएको उक्त कार्यक्रम स्वादिस्ट खानपिन र रमाईलो नांचगान पछि बेलुकी करिब १८.३० मा समापन भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले चेलीहरुको महत्वपुर्ण तीज पर्बको अबसरमा शुभकामना प्रदान र सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै नेपाली चेलीहरुसंग सधै यसरीनै हातेमालो गर्दै जाने र भाबी कार्यक्रमहरु अझै रोचकमय बनाउन वेल्स नेपाली समुदाय प्रयासरत रहेको जानकारी गराउनु भयो |
कार्यक्रमका अरु फोटोहरुको लागि तलको फोटोमा थिच्नुहोला !
No comments:
Post a Comment