१५ अक्टोबर २०११, व्यापक हर्ष र उल्लासका साथ “वेल्स नेपाली समुदाय, कार्डिफ” को आयोजनामा नेपालीहरुको महान चाडहरु “दशैं–तिहार २०६८” कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| वेल्सको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका नेपाली दाजूभाई तथा दिदीबहिनिहरुलाई समेट्दै नेपालीहरुको महान चाडहरु दशैं–तिहार एउटै थलोमा मनाएर बढी भन्दा बढी मनोरंजन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सांस्कृतिक टोलीले सामुहिक रुपमा पानस बालेर शुरु भएको थियो|
संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले सम्पूर्ण पाहुनाहरुलाई दशैं–तिहार २०६८ को शुभकामना संदेश र कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो| नेपाली र वेल्सको रास्ट्रीय गानले सबै दाजू-भाई तथा दिदीबहिनीहरुलाई देश प्रेमले भाबुक बनाएको थियो|
विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमले भरिएको दशैं-तिहार २०६८ मा आफ्नै घर भित्रको प्रयासमा मन छुने खालका नांचगानले सबैको मन छोएको थियो| सांस्कृतिक कार्यक्रममा भाग लिएका भाई बहिनीहरुको जोश र जाँगरले बाताबरणनै अत्यन्त उत्साहित देखिन्थ्यो|
सांस्कृतिक कार्यक्रममा भाग लिएका भाई बहिनीहरु अभिजन देवकोटा, प्राजन पोखरेल, शुभआशिष श्रेष्ठ, आयुस्मा श्रेष्ठ, आभाष देवकोटा, आयुष श्रेष्ठ, प्रान्जिल पोखरेल, प्रीति गुरुङ, प्रसंशा कन्दंवा, सुस्मिता गुरुङ, बिनिता भट्टराई, संजिता लिंग्देन, रोशा चेम्जोंग र अस्मिता गुरुङले देखाएका नांचगानले गाउँघरनै बिर्साएको थियो भने अमृत घले र महेश देबकोटाको अगुवाईमा भएको देउसी-भैलो कार्यक्रमले तिहारको झिलिमिली र रौनक घर आगनमा आई सकेको महसुस हुन्थ्यो|
कार्डिफको रोथ कन्जरभेटिब हलमा भएको उक्त कार्यक्रममा सजिसजावटले हलको रुप रंग सौन्दर्य जनक देखिन्थ्यो| देशी तथा बिदेशी पाहुनाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथि मेजर खुसिमान गुरुंगले दशैं-तिहार २०६८ को शुभकामना संदेश दिनुभएको थियो| अतिथिका रुपमा आउनुभएका संस्थाका भुतपूर्व सचिब डा. रोशन भट्टराईलाई संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले संस्थाको तर्फबाट प्रसंशा पत्र दिनुभयो| संस्थाको स्थापना कालदेखिनै निरन्तर योगदान पुर्याउनु भएका डा. भट्टराईलाई श्री राम चन्द्र पोखरेलले वहाँको कार्यकालमा संस्थाले पाएको योगदान प्रति कृतज्ञता ब्यक्त गर्दै वहाँको भबिष्य सफल र शुखमय रहोस भनि शुभकामना दिनुभएको थियो|
कार्यक्रमको अन्तमा सांस्कृतिक कार्यक्रममा भाग लिएका भाई बहिनीहरुलाई संस्थाको तर्फबाट अध्यक्ष श्री चित्र बहादुर राईले कोसेली प्रदान गर्नुभयो भने संस्थाका उपाध्यक्ष श्री रबिन्द्र तुम्बाहाम्फेले कार्यक्रमको सफलताको लागि हात बढाउने सम्पूर्ण सदस्यहरुका साथै कार्यक्रममा पाल्नुहुने सम्पूर्ण दाजूभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो|
स्वादिस्ट नेपाली खानपिनको व्यवस्था मिलाउनेहरुमा बिर बहादुर गुरुङ, मोति पुन र पूर्ण चन्द्र लिंग्देन र साथीहरु हुनुहुन्थ्यो| कार्यक्रम संचालन श्री राम चन्द्र पोखरेल बाट भएको उक्त कार्यक्रममा विभिन्न रोचक सांस्कृतिक कार्यक्रम लिएर प्रस्तुत हुनुभएको थियो बहिनिहरु प्रसंशा कन्दंवा र बिनिता भट्टराई
No comments:
Post a Comment