कार्डिफ, १३ नोभेम्बर २०११, आईतवारका दिन ब्रिटिश लिजन कार्डिफ र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०११ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा वेल्स नेपाली समुदायको तर्फबाट भुतपुर्ब गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो|
पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बिर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम कार्डिफको सिटि हल पछाडिको एलेक्सेन्डर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो|
विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुसासनका साथ परेडमा भाग लिएका देखिन्थे|
११ बजेर ११ मिनेट ११ सेकेन्डको समयमा युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो| कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटि हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन गरिएको थियो| यसरि बिदेशी माटोमा आएर पनि नेपाली पन कत्ति पनि डगमगाउन नदिई आफ्नो देश र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशीका
सामु आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो आँखामा बोकेर हिड्ने प्रतेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रति वेल्स नेपाली समुदाय कार्डिफ मुरी मुरी धन्यवाद ज्ञापन गर्दै भबिष्यमा पनि यसरीनै आपसी साथ पाईरहने आशा गर्दछौं|
No comments:
Post a Comment