६ डिसेम्बर २०११, मंगलबारका दिन क्रिसमस नजिकिदै गरेको बेला कार्डिफ काउन्सिलका लर्ड मेयर डिलम बोवेनको आयोजनामा क्रिसमस सम्बन्धि कार्यक्रम LORD MAYOR’S CIVIC SERVICE OF NINE LESSONS AND CAROLS SERVICE सम्पन्न भएको छ| कार्डिफ काउन्सिल तथा लर्ड मेयरले आयोजना गर्ने प्राय सबै अफिसियल कार्यक्रमहरुमा निमन्त्रणा आउने क्रममा यसपाली पनि निमन्त्रणा प्राप्त भएपछि वेल्स नेपाल समुदायले सहभागिता जनाएको उक्त कार्यक्रम कार्डिफको द सिटि पारिश चर्च मा सम्पन्न भएको थियो| बेलुकी ६.३० मा शुरु भएको उक्त कार्यक्रम विभिन्न रोचक झलकहरुका साथ करिब ७.३० सम्म चली चियापान समारोहमा परिणत भएको थियो|
उक्त चियापान समारोहमा वेल्स नेपाली समुदायबाट गएको प्रतिनिधि मण्डलले लर्ड मेयर डिलम बोवेन संग भेटघाट गरि संस्थाका बिषयमा अबगत गराएको थियो| परदेशमा आएर पनि यसरि बिदेशी रहन सहन र विभिन्न कार्यक्रममा सहभागी भएको देख्दा आफु ज्यादै खुशी रहेको ब्यक्त गर्दै र आउँदा दिनहरुमा वेल्स नेपाली समुदायलाई आफुले सकेको सहयोग गर्ने कुरा लर्ड मेयर डिलम बोवेनले जानकारी गराए| बिगत देखि हालसम्म नेपालीहरुले आफ्नो देश प्रति लागाएको गुन कहिल्यै नबिर्सने र नेपलीहरुसंग सुमधुर सम्बन्ध राखिराख्न आफु सधै खुशी रहने उनले बताए|
आफ्नो काम र थकाईलाई पर सारेर आफ्नो देश र भेषलाई चिनाउन सधै अग्रसर रहने वेल्स नेपाली समुदायका प्रतिनिधि मण्डलहरुलाई उहाँहरुको समय र उहाँहरुले नेपाल र नेपालीप्रति गर्नुभएको योगदान प्रति संस्था हार्दिक अबिबादन ब्यक्त गर्दछ|
No comments:
Post a Comment