२६ जनवरी २०१२ बिहिवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१२” भब्य रुपमा सम्पन्न भयो। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना भएको सबैमा ठहर थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ। नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।
समय बित्दै जाँदा होलोकस्टमा बाँच्नेको संख्या घट्दै गयो भने उनीहरुले भन्ने कथा जस्तो लाग्ने सत्य कहानी इतिहास बन्न पुग्यो। बिगतमा भएका ठुला गल्तीबाट पाठ सिक्न र यस्ता अत्याचार भबिस्यमा हुन नदिन पहल हुनुपर्ने कुरामा केन्द्रित रहेको उक्त सम्झना कार्यक्रमहोलोकस्ट हत्याकाण्डमा हत्या भएका र त्यहाँ बाट बाँचेर फर्कनेहरुलाई सम्झने अति महत्वपुर्ण क्षण थियो।
सिटी हल कार्डिफमा भएको यस्तो महत्वपुर्ण क्षणमा आफ्नो बहुमुल्य समय खर्चेर उपस्थित हुनुहुने नेपाली दाजू भाई तथा दिदीबहिनीहरुमा बिराशंकर राई, राधिका राई, मोति प्रसाद पुन, महेश देवकोटा, चित्रा देवकोटा, जस बहादुर कन्दंवा, पन्च बिर राई, धन मायाँ राई र राम चन्द्र पोखरेल प्रति “वेल्स नेपाली समुदाय, कार्डिफ” हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
होलोकस्ट सम्बन्धि अरु जानकारीको लागि तलको लिंक हेर्नुहोला।
नोट – होलोकस्ट सम्बन्धि जानकारी निम्न लिंकहरुबाट लिईएको हो।
No comments:
Post a Comment