ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Friday, 2 March 2012

राष्ट्रिय सेन्ट डेविड्स दिबसमा हाम्रो सहभागिता र भुमिका



१ मार्च २०१२, बिहीबार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।
वेल्सका स्थानीय बासिन्दा र बिदेशबाट वेल्समा आई बसोबास गर्ने विभिन्न समुदायका जनमानसको सहभागिता बराबर देखिन्थ्यो। विभिन्न रंगी बिरंगी कपडामा सजिएका जन समुदायले आ-आफ्नो बाजागाजा मार्फत भूमिनै थर्काएका थिए भने बाजागाजा सहितको टोलि स्कटल्याण्ड देखि धाउन पनि पछि नपरेका देखिए।

हाम्रा नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु आफ्नो राष्ट्रिय पोशाकमा सजिएर वेल्स नेपाली समुदाय, कार्डिफ को ब्यानर र वेल्सको झन्डा बोकेर परेडमा उपस्थित हुँदा त्यो भूमिमा सधै भन्दा बेग्लै अनुभूति र गौरब आफैमा गुन्जिरहेको थियो भने माईक्रोफोन समातेर मन्चमा भाषण गर्ने प्रतेक बिशिस्ट व्यक्तिहरुको बोलिबाट वेल्स नेपाली समुदायप्रति देखाएका सम्मान र उनीहरुले नेपालीहरु प्रति देखाएका ईज्जतपूर्ण व्यवहार र हामी त्यहाँ उपस्थित हुँदा उनीहरुले अनुभब गरेको गौरबपूर्ण बातावरणले प्रतेक नेपालीको मुटु गौरबले भुक्क फुलेको थियो।
कुनै पत्रकार नेपाली टोपीका बारेमा अन्तरबार्ता लिईरहेका थिए भने अरु कैयौं पत्रकारहरु नेपाली दौरा सुरुवाल, दिदीबहिनीहरुको पहिरनको र नेपालको बारेमा जानकारी लिन तछाड मछाड गर्दै क्यामरा र माइक्रोफोन तेर्स्याउदै थिए त सयौं दर्शकहरु बाटोको वरिपरी उभिएर नमस्कार र हेलो गोर्खाली भन्न ब्यस्त देखिन्थे, भने कोहि भने हामी नेपाल भ्रमणमा जादै छौ केहि जानकारी पाईन्छकि भनेर दाजू भाई तथा दिदीबहिनीहरुको हात समात्दै थिए |

एता हाम्रा दाजू-भाई तथा दिदीबहिनीहरु जानकारी दिदै, नमस्ते फर्काउदै र हात हल्लाउदै आफैमा गौरबान्वित देखिन्थे।बिदेशी भूमिमा रहेर पनि आफ्नो देश, भेष र संस्कृतिलाई सधै उँचो बनाउन गरेको त्यो उपस्थितिको महत्व त्यहाँ उपस्थित हुँदा देखिएको अनुभूतिले नेपाल र नेपालीप्रतिको सदभाब र मायाँ अझ गाडा भएको प्रस्ट हुन्थ्यो। ब्रेकन बाट आउनुभएका पाइपर सहितको टोलीले हाम्रो गौरब र ठाँट अझ बडाएको थियो |
वेल्सको राजधानी कार्डिफमा भएको हाम्रो यो सहभागिता एउटा महत्वपुर्ण र अहिले सम्मको ठुलो सहभागिता हो र यस सहभागिताले हामी र हाम्रो देश, भेष र संस्कृतिलाई चिनाउन ठूलो भूमिका खेलेको छ। जीवनको यस्तो धेरै महत्वपूर्ण घडीमा आफ्नो काम, धाम, थकाई, भोक र तिर्खालाई त्यागेर उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु प्रति वेल्स नेपाली समुदाय, कार्डिफ हार्दिक धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि यस्तै सदभाब र सहयोग आदान प्रदान जारी रहनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
वेल्सको राजधानी कार्डिफको सिटि हलको प्रांगणमा शुरु भएको उक्त भेला परेडमा परिणत भई किंग्सवे - सेन्ट मेरी स्ट्रीट - मिल लेन हुँदै - द हेसको प्रांगणमा आई बिसर्जन गरिएको थियो। उक्त परेडमा कार्डिफका विभिन्न क्षेत्र र ब्रेकन बाट आउनुभएका ३२ नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुको सहभागिता थियो।
बिशेष धन्यवाद!
यस कार्यक्रममा पाईपर सहितको टोलि उपलब्ध गराई ठूलो सहयोग गर्नुहुने मेजर खुशी मान गुरुङ (अफिसर कमान्डर, ब्रेकन) लाई वेल्स नेपाली समुदाय, कार्डिफ बिशेष धन्यवाद ज्ञापन गर्दछ।

No comments:

Post a Comment