ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Tuesday, 1 May 2012

जनचेतना मुलक कार्यक्रम सम्पन्न

वेल्स नेपाली समुदाय, कार्डिफले लागुऔषधले घर परिवार र समाजमा पार्न सक्ने समस्या र यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जनचेतना दिने उद्देश्यले आयोजना गरेको लागुऔषध बारे जनचेतना मुलक कार्यक्रम भर्खरै मात्र सम्पन्न भएको छ| सँस्थाका कार्यसमितिका सदस्य श्री शिवजी श्रेष्ठको बिशेष अनुरोधमा नार्कोनन नेपालको राष्ट्रिय निर्देशक तथा अन्तराष्ट्रिय नार्कोननको तर्फबाट दक्षिण र दक्षिण पुर्बी एशियाको संयोजक तथा भू.पु.एस.एस.पि. श्री बसन्त राज कुँवर वेल्सको राजधानी कार्डिफमा आई लागुऔषधले घर परिवार र समाजमा पार्न सक्ने समस्या र यसबाट बच्न अपनाउनुपर्ने कदमबारे जानकारी तथा जनचेतना गराउनुभएको थियो|
लागुऔषध सम्बन्धि विश्वब्यापी अभियानमा लाग्नुभएका श्री कुँवर अमेरिका जाने अबसर पारि यु.के.को केहि क्षेत्रमा जनचेतनामुलक कार्यक्रममा प्रशिक्षकको रुपमा सामेल हुनु भएको थियो| कार्डिफको रोथ कन्जरभेटिभ हलको बैठक कोठामा भएको उक्त कार्यक्रममा करिब १५ नेपाली दाजुभाईहरुले भाग लिनुभएको थियो|

बर्षात र दैनिक काम धामको समस्याले सोचे जति दाजुभाईहरुको सहभागिता नरहे पनि जतिले भाग लिनुभयो वहाँहरुले बढो चाख लिएर जानकारी लिनुभएको थियो| २५ अप्रिल २०१२, बुधबार बेलुकी १८:३० मा भएको उक्त कार्यक्रम करिब १ घण्टा लामो भएको थियो भने कार्यक्रमको अन्तममा श्री कुँवरले वेल्स सम्म आई वहाँको बहुमुल्य समय र जनचेतना मुलक कार्यक्रम दिनुभएकोमा आभार ब्यक्त गर्दै वहाँलाई खदा ओढाएर र प्रसंशापत्र प्रदान गरि सम्मान गर्दै बिदाई गरिएको थियो भने आफु यसरि छोटो समयका लागि भएपनि प्रबाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सामु आई यस्तो खालको कार्यक्रम राख्न पाएकोमा खुशी ब्यक्त गर्दै भबिश्यमा अलिक लामो समय लिएर अझ बढी जानकारी उपलब्ध गराउने आस्वाशन दिदै बिदेशी भूमिमा आफ्नो सन्तति र संस्कृतिको जगेर्ना गर्न समेत अनुरोध गर्नुभएको छ | 
 धन्यवाद ! 

No comments:

Post a Comment