भर्खरैमात्र वेल्स नेपाली समुदायको आयोजनामा समर बार्बिक्यु २०१२ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहेको थियो| कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक र नेपाली बातावरणले ओतप्रोत रहेको हाम्रो बिश्वास छ| यस बर्षको हावापानी र समय परिबर्तनको बाबजुधपनि उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रम एक सफल कार्यक्रमको रुपमा लिईएको छ|
कार्यक्रमका लागि विभिन्न क्षेत्रबाट
पाल्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु प्रति सँस्था हार्दिक आभारका साथ स धन्यवाद ज्ञापन गर्दछ र भबिश्यमा पनि यस्तै गरेर सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा सँस्था बिश्वस्त रहेको छ|सेन्ट अल्बान रग्बी क्लब, कार्डिफ मा भएको बार्बिक्यु कार्यक्रम दिनको १२.०० बजे शुरु भई बेलुकी २०.०० बजे सम्म चलेको थियो|

अन्य फोटोहरुको लागि तलको फोटोमा थिच्नुहोस्!
No comments:
Post a Comment