Sunday, 29 July 2012

चेलीहरुलाई तिजको दर खान निमन्त्रणा

गत बर्ष जस्तै यसपाली पनि नेपाली चेलीहरुको तिजपर्बको उपलक्षमा संस्थाले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको छ | विभिन्न परिवेशले बिदेशिएका चेलीहरुलाई बिदेशमै रहे पनि आफ्नै देशको झझल्को दिलाउने र तीजको अबसरमा माईतिको भूमिका निर्बाहा गर्दै चेलीहरुलाई तीजको दर खुवाउने खबर सुनाउन पाउँदा वेल्स नेपाली समुदाय खुशी ब्यक्त गर्दै सम्पूर्ण वेल्स निवाशी चेलीहरुलाई तीज २०१२ कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं | यस कार्यक्रम चेलीहरुका लागि मात्र रहने र कार्यक्रममा चेलीहरुको लागि निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ | उपस्थितिको लागि आ आफ्नो नामावली तल उल्लेखित चेलीहरु मार्फत यथासक्य चाँडो संस्थालाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ |

कार्यक्रम मिति सेप्टेम्बर १५, शनिवार
कार्यक्रम समय १२.०० देखि १६.०० सम्म
कार्यक्रम स्थल रोथ कन्जरभेटिभ क्लब

कार्यक्रममा सादा खानपिनको व्यवस्था संस्थाले निशुल्क उपलब्ध गराईने छ भने अन्य पेय पदार्थ बारबाट खरिद गर्न सकिने कुरा सुचित गरिन्छ |
उपस्थितिको लागि निम्न चेलीहरुसंग आ आफ्नो नामावली अनिबार्य रुपमा टिपाउनु हुन हार्दिक अनुरोध गरिन्छ |
साबित्री कार्की- ०७७०३०६५९९३                 गमशुभ गुरुङ- ०७८२३७७१५५५
संगीता गुरुङ- ०७८३७७६८४२६            शोभा राणा पोखरेल- ०७५०५५७१०१८                                                         
धन्यवाद |

No comments:

Post a Comment