वेल्स नेपाली समुदाय, कार्डिफको २० औं बैठकको निर्णय अनुसार संस्थाको दोश्रो महाधिबेशन यहि २९ सेप्टेम्बर २०१२ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |
मिति - २९ सेप्टेम्बर २०१२ शनिवार
समय - ठिक १२:०० बजे
स्थान - रोथ कन्जरभेटिभ क्लब
7 Cyril Crescent
Cardiff, CF24 1DQ
अधिबेशन सम्बन्धि अन्य जानकारी -
निर्बाचन मण्डल - संस्थाको बिधान अन्तर्गत रहेर कार्यसमिति संग सहकार्य गर्दै नयाँ कार्यसमिति चयन गर्नको लागि श्री बिरा शंकर राईको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन मण्डल चयन गरियो | निर्बाचन मण्डलको सदस्यहरुमा श्री मानध्वज गुरुङ र श्री बलराम अधिकारीलाई चयन गरियो | आबश्यकता अनुसार निर्बाचन समितिले अन्य २ सहयोगी सदस्यहरु कार्यसमितिको सल्लाहमा थप गर्न सकिनेछ |
बिधान संशोधन समिति - समय, परिस्थिति र आबश्यकता अनुसार संस्थाको बिधानमा थपघट वा फेर बदल गर्नु परेमा हेरबिचार गरि आबश्यक काम कारबाही गर्नको लागि श्री शिबजी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बिधान संशोधन समिति गठन गरियो | समितिको सदस्यहरुमा श्री महेश देवकोटा, साबित्री श्रेष्ठ, शोभा पोखरेल र श्री उमेश थापालाई चयन गरियो |
सदस्यता नबिकरण तथा प्रस्तुतका लागि - श्रीमती प्रितम कुमारी चेम्जोंग र श्री राम चन्द्र पोखरेल|
संस्थाको आर्थिक गतिबिधि सम्बन्धि प्रगति विवरणका लागि - श्रीमती प्रितम कुमारी चेम्जोंग|
संस्थाको सम्पत्ति विवरण प्रस्तुत गर्नका लागि - श्री बिर बहादुर गुरुङ|
कार्यक्रम ब्यबस्थापनको लागि - श्री बिरा शंकर राई र श्री राम चन्द्र पोखरेल|
चिठी पत्र र प्रचारका लागि कार्यसमिति महानुभबहरुबाट सकेको पहल सचिब राम चन्द्र पोखरेलको सहकार्यमा गर्ने निर्णय भयो |
कार्यक्रम सम्बन्धि अन्य जानकारीको लागि संस्थाको ईमेल मार्फत वा कुनै पनि कार्यसमिति पदाधिकारी संग सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ |
धन्यवाद |
No comments:
Post a Comment