ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Monday, 17 September 2012

चेलीहरुलाई तिजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न


१५ सेप्टेम्बर २०१२ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |
कार्डिफको रोथ कन्जरभेटिभ क्लब मा दिनको १२ बजे शुरु भएको उक्त कार्यक्रम स्वादिस्ट खानपिन र रमाईलो नांचगान पछि बेलुकी करिब १७.०० बजे समापन भएको उक्त कार्यक्रममा संस्थाको तर्फबाट चेलीहरुलाई महत्वपुर्ण तीज पर्बको अबसरमा शुभकामना प्रदान र सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै नेपाली चेलीहरुसंग सधै यसरीनै हातेमालो गर्दै जाने र भाबी कार्यक्रमहरु अझै रोचकमय बनाउन वेल्स नेपाली समुदाय प्रयासरत रहेको जानकारी गराईयो |
त्यसै अबसरमा कार्डिफमा सहयोगी संस्था साफामा कार्यरत श्री मार्क नुर्कोम्बेले साफालाई आर्थिक सहयोग गर्न आयोजना गर्नुभएको ईडीम्बर्ग देखि लन्डन सम्मको साईकल यात्रा सफल रहोस भनि शुभकामना ब्यक्त गर्दै संस्थाका सदस्य महानुभाबहरुबाट उठेको सहयोग रकम साफालाई हस्तान्तरण गरियो |   

कार्यक्रमका अन्य फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोला



No comments:

Post a Comment