नयाँ कार्यसमिति |
२९ सेप्टेम्बर २०१२, शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो महाधिबेशन सम्पन्न भयो| संस्थाका अध्यक्ष श्री रबिन्द्र तुम्बाहाम्फेले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको दोश्रो महाधिबेशनमा सचिब श्री पोखरेलले संस्थाले पहिलो अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|
त्यस्तै गरि संस्थाकी कोषाध्यक्ष श्रीमती प्रितम कुमारी चेम्जोंगले संस्थाको आर्थिक गतिबिधिको विवरण र नयाँ तथा पुराना सदस्य महानुभाबहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो भने संस्थाका भौतिक सम्पत्ति संयोजक श्री बिर बहादुर गुरुङले संस्थासंग भएको भौतिक सम्पत्तिका बारेका संक्षिप्त जानकारी गराउनु भएको थियो|
त्यस्तै गरि संस्थाकी कोषाध्यक्ष श्रीमती प्रितम कुमारी चेम्जोंगले संस्थाको आर्थिक गतिबिधिको विवरण र नयाँ तथा पुराना सदस्य महानुभाबहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो भने संस्थाका भौतिक सम्पत्ति संयोजक श्री बिर बहादुर गुरुङले संस्थासंग भएको भौतिक सम्पत्तिका बारेका संक्षिप्त जानकारी गराउनु भएको थियो|
बिधान संशोधन समिति छलफल गर्दै |
कार्यक्रममा बिधान संशोधन समितिका संयोजक रहनुभएका श्री शिवजी श्रेष्ठले बिधान संशोधन समितिका सदस्यहरु श्री महेश देवकोटा, श्रीमती साबित्री कार्की-श्रेष्ठ, श्रीमती शोभा राणा-पोखरेल र श्री उमेश थापाको सहयोग र शुझाबमा संस्थाको "बिधान २००९" मा समय र परिस्थिति अनुसार आबश्यक संशोधन गरि महाधिबेशनमा पेश गर्नुभएको संशोधित बिधानमा सामान्य छलफलपछि सर्बसम्मत रुपमा पारित भयो |
कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका अध्यक्ष श्री रबिन्द्र तुम्बाहाम्फेले तात्कालिन कार्यसमिति बिघटन भएको घोषणा का साथ संस्थाको संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाइ जिम्मेवारी सुम्पनु भयो |श्री बिरा शंकर राईको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समितिमा सदस्यहरु श्री मानधोज गुरुङ र श्री बलराम अधिकारी रहनुभएको समितिले महाधिबेशनमा उपस्थित सदस्य महानुभाबहरु मध्येबाट १३ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयन गर्नुभयो |
नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ |
अधयक्ष - श्री पूर्ण चन्द्र लिंग्देन
उपाध्यक्ष - श्री मति प्रसाद पुन
सचिब - श्री राम चन्द्र पोखरेल
स-सचिब - श्री महेश देवकोटा
कोषाध्यक्ष - श्री विभूषणमान श्रेष्ठ
सह-कोषाध्यक्ष - श्रीमती लक्ष्मी अधिकारी
सदस्य (सम्पत्ति) - श्री बिर बहादुर गुरुङ
सदस्य (जन सम्पर्क) - श्री जीवन के.सी.
सदस्य ( महिला बिभाग) - श्रीमती संगीता राई
सदस्य (कार्यक्रम तथा समन्वय) - श्री अमृत घले
सदस्य (कार्यक्रम तथा समन्वय) - श्री सालिकराम काफ्ले
सदस्य - श्री प्रकाश गुरुङ
सदस्य - श्री प्रकाश गुरुङ
सदस्य (युवा, विद्यार्थी तथा खेलकुद) - श्री उमेश थापा
निर्वाचन समिति संयोजक श्री बिरा शंकर राईले नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्य महानुभाबहरुलाई सपथ खुवाउदै वहाँहरुप्रति नयाँ कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो भने नव निर्वाचित अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले सम्पूर्ण सदस्य महानुभाबहरु प्रति दोश्रो महाधिबेशनमा उपस्थित भई संस्थाको महत्वपुर्ण भाबी कार्ययोजामा सहयोग पुर्याउनु भएकोमा हार्दिक कृतज्ञताका साथ धन्यवाद ज्ञापन का साथ नव निर्वाचित कार्यसमितिले सँस्था, सदस्य, नेपाली संस्कृति र अन्य कुराको भलोको लागि सधै आफुहरुले सकेको सहयोग र सद्भावका साथ अगाडी बढ्ने प्रण गर्नुभयो |कार्डिफको स्थानीय हलमा आयोजना भएको उक्त कार्यक्रम दिनको करिब १३.०० बजे शुरु भई करिब १६.३० मा समापन गरिएको थियो |
संस्थाको दोश्रो महाधिबेशनमा पाल्नुहुने हाम्रा सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबप्रति सँस्था हार्दिक आभारका साथ स-धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यसरीनै सहयोग र सदभाबको आदान प्रदान भईरहोस भनि कामना गर्दछ|
धन्यवाद !
No comments:
Post a Comment