हरेक बर्ष जस्तै यस वर्ष पनि वेल्स नेपाली समुदायले भब्य रुपमा दशैँ - तिहार २०६९ कार्यक्रम को आयोजना गरी कार्डिफ तथा वेल्समा बसोबास गर्ने नेपालीहरु बीच एकता र भाइचारा लाई कायम राख्दै नेपाली परम्परा , संस्कृति र कलालाई जीवन्त राख्ने प्रयास गरेको छ।
कार्यक्रम कार्डिफको रोथ कन्जरभेटीब क्लबमा यही नोभेम्बर 10 तारिखमा सम्पन्न भएको थियो भने आफ्नो कार्य ब्यस्थतालाई एकातिर पन्छाउदै सम्पूर्ण नेपालीहरुको उक्त कार्यक्रममा उपस्थिती थियो। तीन चरण मा विभाजित कार्यक्रम को पहिलो चरण संस्थाका सह-सचिव श्री महेश देवकोटा ज्यूले कवितामय रुपले उपस्थित महानुभाबहरु लाई दशैं र तिहारको शुभकामना तथा कार्यक्रम को शुभारम्भ गर्नु भएको थियो। संस्थाका अध्यक्ष श्री पूर्ण चन्द्र लिङ्देन ज्यूले स्वागत मन्तब्य दिनु भएको थियो। त्यसैगरी संस्थाकी सह-कोषाध्यक्ष श्रीमती लक्ष्मी अधिकारी ज्यूले दशैं -तिहार र यसको महत्व बारे अंग्रेजी भाषामा जानकारी दिनु भएको थियो।
सदस्य श्री शालिकराम काफ्ले र सदस्य श्री अमृत घले संयोजक रहनुभएको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम राखिएको थियो भने सो कार्यक्रम सुश्री प्रशंशा कन्दनवा र श्री एकशाहाङ तुम्बाहाम्फे ले संचालन गर्नु भएको थियो। साना साना बाबुनानीहरु सिम्रन अधिकारी, प्रान्जिल पोखरेल, भिक्टोरिया के सी, समिर अधिकारी, प्राजन पोखरेल, रोमियो के सीका साथ अन्य कलाकार प्रिती गुरुङ, अस्मिता गुरुङ, संजिता लिङ्देन, झरना के सी र होम गुरुङ को नाचले उपस्थित दर्शकदिर्घामा उभार भर्न सफल भएको प्रष्ट देख्न सकिन्थ्यो। सबिना मोक्तानले आफ्नो गित नबिर्से तिमीलाई न पाएँ तिमीलाई गाउदा हलमा दर्शकहरु गीतको मर्म लाई बुज्दै भाबुक बनेको देख्न सकिन्थ्यो ।
कर्यक्रमको तेश्रो चरण सम्मान, बिदाई र नियुक्तिको थियो भने तेश्रो चरणको यो कार्यक्रम संस्था का सचिव श्री रामचन्द्र पोखरेलले संचालन गर्नु भएको थियो। संस्थाको अधिबेशनमा बिधान समितिमा रही काम गर्नु हुने श्री शिवजी श्रेष्ठ, श्री महेश देवकोटा, श्रीमती शोभा राणा पोखरेल, श्रीमती सावित्री कार्की श्रेष्ठ र श्री उमेश थापा लाई संस्थाको तर्फ बाट सम्मान तथा धन्यवाद प्रदान गरिएको थियो भने श्रीमती गमशुभ गुरुङ, श्री जस वहादुर कन्दनवा र श्री कमल केशर चेम्जोंग लाई संस्थामा समाजसेबीको भूमिका निर्वाह गरेकोमा संस्था को तर्फ बाट सम्मान तथा धन्यवाद प्रदान गरिएको थियो। निर्बाचन समितिमा बसी निर्बाचन मण्डलको भूमिका निर्बाह गरिदिनुहुने श्री बिरा शंकर राई, श्री बलराम अधिकारी र श्री मानध्वज गुरुङ लाई पनि सम्मान तथा धन्यवाद प्रदान गरिएको थियो। बिदाई कार्यक्रम अन्तर्गत पुरानो समिति बाट बिदा हुनेहरु श्री रबिन्द्र तुम्बाहाम्फे, श्री प्रितम कुमारी चेम्जोंग, श्री तेज नाथ दाहाल,श्रीमती संगीता गुरुङ, श्री शिवजी श्रेष्ठ, श्री आइत बहादुर गुरुङ र श्री अमर मल्ल हुनुहुन्थ्यो भने सोहि अबसरमा नयाँ कार्यसमितिका 13 जना पधाधिकारीहरु लाई स्वागत गरिएको थियो।
यसपछि संस्थाका उपाध्यक्ष श्री मती प्रसाद पुनले कार्यक्रमको बिसर्जन भएको जानकारी दिनुभयो।
कार्यक्रम को बिसर्जन भए पछि तिहार को परम्परालाई कायम राख्दै प्रिती गुरुङ, महेश देवकोटा, शालिकराम काफ्ले र अमृत घले को सक्रियतामा पोहोर साल जस्तै देउसी-भैलो खेल्दा नेपाल को गाउँ घर को याद ताजा भएको थियो।
अन्त्यमा राफल चिट्ठा खेलाएर संस्था लाई आर्थिक संकलन मा सहयोग गरिदिनु भएकोमा श्री उमेश थापा र क्रयक्रम हल सजावट गरि सहयोग गरिदिनुहुने श्री बिर गुरुङ र श्री महेश देवकोटा प्रति संस्था हार्दिक आभार प्रकट गर्दछ।
No comments:
Post a Comment