ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Tuesday, 24 December 2013

हार्दिक समबेदना




स्व. सुमित्रा  कन्दंवा
इस्वी सम्बत: १/१/१९५० -- १५/१२/२०१३
वेल्स नेपाली समुदाय, कार्डिफकि सदस्य  स्व. सुमित्रा कन्दंवाको १५ डिसेम्बर २०१३ का दिन असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 

हार्दिक समबेदना

स्व. पम्फा माया कन्दंवा
९ माघ १९८५ -- २९ मंसिर २०७० 
वेल्स नेपाली समुदाय, कार्डिफका सदस्य श्री भिष्म कन्दंवा का माता स्व. पम्फा माया कन्दंवाको ८५ बर्षको उमेरमा नेपालमा असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 

Monday, 23 December 2013

हार्दिक मंगलमय सुभकामना


क्रिसमस २०१३ तथा ईस्वी सम्बतको नयाँ बर्ष २०१४   को शुभ उपलक्ष्यमा
वेल्स निवाशी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै
यस पुनित अबसरमा सम्पूर्ण नेपाली
परिवारको शुख शान्ति एबं
समृद्धिको कामना
गर्दछौं |
  वेल्स नेपाली समुदाय, कार्डिफ

Tuesday, 12 November 2013

रिमेम्बरेन्स डे २०१३ मा हाम्रो सहभागिता

१० नोभेम्बर २०१३ आईतवारका दिन ब्रिटिश लिजन कार्डिफ र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१३ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा वेल्स नेपाली समुदायको तर्फबाट भुतपुर्ब गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो|

Monday, 4 November 2013

दशैं+तिहार २०७० कार्यक्रम भब्य रुपमा सम्पन्न

२ नोभेम्बर २०१३, शनिवार, वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७०/२०१३ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिईएको यस दशैं+तिहार २०७०/२०१३ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा  दिदीबहिनीहरुको सहभागिता रहेको थियो | 

Friday, 25 October 2013

दशैं-तिहार २०७० मनाउने कार्यक्रम सम्बन्धि जानकारी

गत वर्षहरु जस्तै यस वर्ष पनि "वेल्स नेपाली समुदाय, कार्डिफ"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ  दशैं-तिहार २०७० कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरेको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०७०  कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "वेल्स नेपाली समुदाय, कार्डिफ" हार्दिक अनुरोध गर्दछ|

Sunday, 20 October 2013

सत्य-स्वरूप संगीत साँझ भब्य रुपमा सम्पन्न

१९ अक्टोबर २०१३ शनिवार - वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा सत्य-स्वरूप सँगीत साँझ भब्य रुपमा सम्पन्न भयो| नेपाली कला र संस्कृतिका अग्रज महान गायककार  भक्त राज आचार्यले नेपाली भूमिमा गुन्जाउनु  भएका गीतहरु र वहाँका छोराहरुहरु द्वय सत्यराज र स्वरूपराज आचार्यका कैयौं मुटु छुने गीतहरुले रंगिएको उक्त कार्यक्रम वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो प्रयास थियो | वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुभएका  संस्थाका सदस्य महानुभाबहरु, शुभ चिन्तक महानुभाबहरु, कम्ब्रान देखि पाल्नुभएका वेल्स गोर्खा कम्युनिटीका महानुभाबहरु र देशका विभिन्न क्षेत्र बाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम संस्थाको ठुलो सफल कार्यक्रमका रुपमा लिइएको छ |

Monday, 7 October 2013

हार्दिक मंगलमय शुभकामना


डा दशैं तथा शुभ दिपावली २०७० को शुभ उपलक्ष्यमा वेल्स निवाशी सम्पूर्ण   
नेपालीदाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |
                                                 
-वेल्स नेपाली समुदाय, कार्डिफ 
 
 

Wednesday, 18 September 2013

सत्य-स्वरुप सांगीतिक साँझ कार्डिफमा


वेल्स नेपाली समुदाय, कार्डिफले धेरै समय पहिला देखिनै वेल्समा कलाकारहरु ल्याई नेपाली कला र संस्कृतिको जगेर्ना तथा मनोरंजन लिने प्रयास गरिरहेको कुरा यहाँहरु सबैलाई अबगत गराउन चाहन्छौं | यसै अबसरमा गायक भक्तराज आचार्यका छोराद्वय  सत्यराज र स्वरुपराज आचार्यहरु बेलायतमा सांगीतिक कार्यक्रम लिएर आउने जानकारी मिलेपछि हाम्रो संस्थाले पनि सांगीतिक साँझ राख्न प्रयास गरे अनुरुप आगामी  १९ अक्टोबर २०१३ शनिवारका दिन सांगीतिक साँझ आयोजना गरिएको जानकारी गराउदै उक्त कार्यक्रममा यहाँ र यहाँको परिवार र साथी भाई बाट सहभागिता भई ठुलो भन्दा ठुलो सहयोग मिल्नेछ भन्ने आशा गरेका छौँ | कार्डिफमा यस खालको हाम्रो पहिलो प्रयास रहेको हुँदा सके सम्म बढी जन सहभागिता जुटाई  सहयोग गरिदिनु हुन् यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौं |
 
सांगीतिक साँझ सम्बन्धि अन्य जानकारी निम्नानुसार छ |
 
समय : बेलुकी १८ बजे
स्थान : रोथ कन्जरभेटिभ क्लब
 

Sunday, 8 September 2013

चेलीहरुलाई तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न

 

०७ सेप्टेम्बर २०१३ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो | नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Wednesday, 4 September 2013

WGC ओपन डे मा हाम्रो सहभागिता

२५ अगस्ट २०१३, आईतवारका दिन वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानको आयोजनामा वेल्स गोर्खा कम्युनिटी ओपन डे भब्य रुपमा सम्पन्न भयो| नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न, बिदेशी माटोमा यहाँका जनसमुदाय संग हातेमालो गर्दै कला र संस्कृतिलाई साटासाट गर्दै अगाडी बढ्न र वेल्समा रहनुभएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा एक -आपसमा  भेटघाट तथा मनोरंजन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दाजु-भाई तथा दिदीबहिनीहरुको र यहाँका लोकल (बिदेशी) महानुभाबहरुको उल्लेख्य उपस्थिति रहेको थियो |

Tuesday, 27 August 2013

चेलीहरुलाई तिजको दर खान निमन्त्रणा

गत बर्षहरु जस्तै यसबर्ष पनि नेपाली चेलीहरुको तिज पर्बको उपलक्षमा वेल्स नेपाली समुदायले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको खबर सुनाउन पाउँदा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ | कार्यक्रममा चेलीहरुको लागि निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ | उपस्थितिको लागि कृपया आ आफ्नो नामावली तल उल्लेखित  महानुभाबहरु मार्फत अथासक्य चांडो संस्थालाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ |

Saturday, 3 August 2013

संस्थाको बार्षिक अधिबेशन सम्बन्धि जानकारी

वेल्स नेपाली समुदायले संस्थाको बार्षिक अधिबेशन आगामी २४ अगस्ट २०१३ शनिवारका दिन आयोजना गरेको जानकारी गराउदै उक्त बार्षिक अधिवेशनमा उपस्थित हुन् सम्पूर्ण सदस्य महानुभाबहरुप्रती हार्दिक निमन्त्रणा गरिन्छ |
 

Wednesday, 10 July 2013

समर बार्बिक्यु २०१३ कार्यक्रम सम्पन्न

०६ जुलाई २०१३, शनिवार;
गत बर्षहरु जस्तै यस बर्ष पनि वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा समर बार्बिक्यु २०१३ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | सेन्ट अल्बान्स रग्बी क्लबको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो | यसै अवसर पारेर संस्थाले वेल्समा रहेका नेपाली संस्थासंग भाईचारा  बढाउने उद्देश्यले वेल्स गोर्खा कम्युनिटी, कम्ब्रान संग फ्रेन्ड्ली फुटबल म्याचको आयोजना गरेको थियो |

Sunday, 2 June 2013

समर बि बि क्यु २०१३ कार्यक्रम सम्बन्धि जानकारी

सधै जस्तै यसपाली पनि संस्थाले समर बि बि क्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|

Monday, 22 April 2013

नयाँ बर्ष २०७० कार्यक्रम भब्य रुपमा सम्पन्न


बढो हर्ष र उल्लासका साथ नयाँ बर्ष २०७० साल लाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|

Wednesday, 20 March 2013

‘नयाँ बर्ष २०७०’ कार्यक्रम सम्बन्धि जानकारी

सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७०’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो २० अप्रिल २०१३ शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०७०’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |

Sunday, 3 March 2013

राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मा संयुक्त सहभागिता


१ मार्च २०१३, सुक्रबार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।

Monday, 28 January 2013

राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३ मा हाम्रो सहभागिता


२८ जनवरी २०१३ सोमवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३भब्य रुपमा सम्पन्न भएको छ अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना थियो बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छनोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो