ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Monday, 28 January 2013

राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३ मा हाम्रो सहभागिता


२८ जनवरी २०१३ सोमवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३भब्य रुपमा सम्पन्न भएको छ अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना थियो बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छनोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो

समय बित्दै जाँदा होलोकस्टमा बाँच्नेको संख्या घट्दै गयो भने उनीहरुले भन्ने कथा जस्तो लाग्ने सत्य कहानी इतिहास बन्न पुग्यो बिगतमा भएका ठुला नराम्रा घटना तथा गल्तीबाट पाठ सिक्न र त्यस्ता घटना तथा अत्याचार भबिस्यमा हुन नदिन पहल हुनुपर्ने कुरामा केन्द्रित रहेको उक्त सम्झना कार्यक्रम होलोकस्ट हत्याकाण्डमा हत्या भएकालाई सम्झने अति महत्वपुर्ण क्षण थियो भने त्यहाँ बाट बाँचेर फर्किएर आज हामी सबैका सामु सत्य घटना सुनाउनुहुने बिरहरुलाई आत्मैदेखि सम्मान गर्ने अवसर थियो |
सिटी हल कार्डिफमा भएको यस्तो महत्वपुर्ण क्षणमा आफ्नो बहुमुल्य समय खर्चेर नेपाल, नेपाली र बिर गोर्खालीको पहिचान दिन र शुख-दुखमा साथ दिन उपस्थित हुनुहुने वेल्स नेपाली समुदायको तर्फबाट प्रतिनिधित्व गर्नुहुने महानुभावहरु श्री मति प्रसाद पुन, श्री राम चन्द्र पोखरेल, श्री जस बहादुर कन्दंवा र श्री मानधोज गुरुङ प्रति वेल्स नेपाली समुदाय, कार्डिफ हार्दिक धन्यवाद ज्ञापन गर्दछ
होलोकस्ट सम्बन्धि अरु जानकारीको लागि तलको लिंक हेर्नुहोला
नोट होलोकस्ट सम्बन्धि जानकारी निम्न लिंकहरुबाट लिईएको हो

No comments:

Post a Comment