Wednesday, 20 March 2013

‘नयाँ बर्ष २०७०’ कार्यक्रम सम्बन्धि जानकारी

सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७०’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो २० अप्रिल २०१३ शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०७०’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |

Sunday, 3 March 2013

राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मा संयुक्त सहभागिता


१ मार्च २०१३, सुक्रबार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।