ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 3 March 2013

राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मा संयुक्त सहभागिता


१ मार्च २०१३, सुक्रबार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।
वेल्सका स्थानीय बासिन्दा र बिदेशबाट वेल्समा आई बसोबास गर्ने विभिन्न समुदायका जनमानसको सहभागिता बराबर देखिन्थ्यो। विभिन्न रंगी बिरंगी कपडामा सजिएका जन समुदायले आ-आफ्नो बाजागाजा मार्फत भूमिनै थर्काएका थिए भने बाजागाजा सहितको टोलि स्कटल्याण्ड देखि धाउन पनि पछि नपरेका देखिए।
 हाम्रा नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु आफ्नो राष्ट्रिय पोशाकमा सजिएर वेल्स नेपाली समुदाय, कार्डिफवेल्स गोर्खा कम्युनिटी, कम्ब्रान को ब्यानर र वेल्सको झन्डा बोकेर परेडमा उपस्थित हुँदा त्यो भूमिमा सधै भन्दा बेग्लै अनुभूति र गौरब आफैमा गुन्जिरहेको थियो भने माईक्रोफोन समातेर मन्चमा भाषण गर्ने प्रतेक बिशिस्ट व्यक्तिहरुको बोलिबाट हामी प्रति देखाएका सम्मान र उनीहरुले नेपालीहरु प्रति देखाएका ईज्जतपूर्ण व्यवहार र हामी त्यहाँ उपस्थित हुँदा उनीहरुले अनुभब गरेको गौरबपूर्ण बातावरणले प्रतेक नेपालीको मुटु गौरबले भुक्क फुलेको थियो।
सयौं दर्शकहरु बाटोको वरिपरी उभिएर दुइ हात जोडी नमस्कार गर्दै हामीप्रति देखाएका सम्मानले त्यहाँ उपस्थित हुँदा झेल्नु परेको भोक, तिर्खा, निन्द्रा र थकाई लाई बिर्सेर वेल्स र नेपाल प्रतिको आत्मिएता अझ गाडा भएको अनुभब हुन्थ्यो | बाटोमा एकसुरले हिड्दै गर्दा कुनै विदेशीले बिदेशीको स्वरमा बोलि लर्बर्याउदै नमस्कार, सन्चै हुनुहुन्छ? भनेर सोद्दा तपाईंलाई अनुभब कस्तो हुन्छ? तेस्तै थियो हामी सबैको अनुभब पनि !
बिदेशी भूमिमा रहेर पनि आफ्नो देश, भेष र संस्कृतिलाई सधै उँचो बनाउन गरेको त्यो उपस्थितिको महत्व त्यहाँ उपस्थित हुँदा देखिएको अनुभूतिले नेपाल र नेपालीप्रतिको सदभाब र मायाँ मुटुभित्र टाँसीएर रहिको प्रस्ट हुन्थ्यो। कम्ब्रानबाट आउनुभएका च्याम्ब्रुंग सहितको टोलीले हाम्रो गौरब र ठाँट अझ बडाएको थियो |
वेल्सको राजधानी कार्डिफमा भएको हाम्रो यो सहभागिताले एउटा महत्वपुर्ण भूमिका खेलेको छ। जीवनको यस्तो धेरै महत्वपूर्ण घडीमा आफ्नो काम, धाम, थकाई, भोक र तिर्खालाई त्यागेर उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु प्रति वेल्स नेपाली समुदाय, कार्डिफ हार्दिक अभिबादन ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि यस्तै सदभाब र सहयोग आदान प्रदान जारी रहनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
वेल्सको राजधानी कार्डिफको सिटि हलको प्रांगणमा शुरु भएको उक्त भेला परेडमा परिणत भई किंग्सवे - सेन्ट मेरी स्ट्रीट - मिल लेन हुँदै - द हेसको प्रांगणमा आई बिसर्जन गरिएको थियो। उक्त परेडमा कार्डिफका विभिन्न क्षेत्र र कम्ब्रानबाट आउनुभएका उल्लेख्य नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुको सहभागिता थियो।

बिशेष धन्यवाद!
हाम्रो निमन्त्रणालाई आत्मसाथ गर्दै कार्यक्रममा च्याम्ब्रुंग टोलि सहित उपस्थित हुनुहुने वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानका सम्पूर्ण महानुभाबहरुप्रति वेल्स नेपाली समुदाय, कार्डिफ बिशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सदभाब र सहयोगको आदान प्रदान भई  रहनेछ भन्ने कुरामा हामी आशाबादी छौँ|

धन्यवाद |

1 comment:

  1. St,devid day ko article atinai ramro lekhnu bhaye ko ma RC jiu lai dhanyabad dina chahanchhu.St.devid day ko sahabhagita Nepaliharu ko saphal bhaye ko mahasus garda chhu.

    ReplyDelete