ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 18 September 2013

सत्य-स्वरुप सांगीतिक साँझ कार्डिफमा


वेल्स नेपाली समुदाय, कार्डिफले धेरै समय पहिला देखिनै वेल्समा कलाकारहरु ल्याई नेपाली कला र संस्कृतिको जगेर्ना तथा मनोरंजन लिने प्रयास गरिरहेको कुरा यहाँहरु सबैलाई अबगत गराउन चाहन्छौं | यसै अबसरमा गायक भक्तराज आचार्यका छोराद्वय  सत्यराज र स्वरुपराज आचार्यहरु बेलायतमा सांगीतिक कार्यक्रम लिएर आउने जानकारी मिलेपछि हाम्रो संस्थाले पनि सांगीतिक साँझ राख्न प्रयास गरे अनुरुप आगामी  १९ अक्टोबर २०१३ शनिवारका दिन सांगीतिक साँझ आयोजना गरिएको जानकारी गराउदै उक्त कार्यक्रममा यहाँ र यहाँको परिवार र साथी भाई बाट सहभागिता भई ठुलो भन्दा ठुलो सहयोग मिल्नेछ भन्ने आशा गरेका छौँ | कार्डिफमा यस खालको हाम्रो पहिलो प्रयास रहेको हुँदा सके सम्म बढी जन सहभागिता जुटाई  सहयोग गरिदिनु हुन् यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौं |
 
सांगीतिक साँझ सम्बन्धि अन्य जानकारी निम्नानुसार छ |
 
समय : बेलुकी १८ बजे
स्थान : रोथ कन्जरभेटिभ क्लब
 

Sunday, 8 September 2013

चेलीहरुलाई तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न

 

०७ सेप्टेम्बर २०१३ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो | नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Wednesday, 4 September 2013

WGC ओपन डे मा हाम्रो सहभागिता

२५ अगस्ट २०१३, आईतवारका दिन वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानको आयोजनामा वेल्स गोर्खा कम्युनिटी ओपन डे भब्य रुपमा सम्पन्न भयो| नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न, बिदेशी माटोमा यहाँका जनसमुदाय संग हातेमालो गर्दै कला र संस्कृतिलाई साटासाट गर्दै अगाडी बढ्न र वेल्समा रहनुभएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा एक -आपसमा  भेटघाट तथा मनोरंजन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दाजु-भाई तथा दिदीबहिनीहरुको र यहाँका लोकल (बिदेशी) महानुभाबहरुको उल्लेख्य उपस्थिति रहेको थियो |