०७ सेप्टेम्बर २०१३ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो | नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |
कार्यक्रममा संस्थाको तर्फबाट चेलीहरुलाई महत्वपुर्ण तीज पर्बको अबसरमा शुभकामना प्रदान र सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै नेपाली चेलीहरुसंग सधै यसरीनै हातेमालो गर्दै जाने र भाबी कार्यक्रमहरु अझै रोचकमय बनाउन वेल्स नेपाली समुदाय प्रयासरत रहेको जानकारी गराईयो | त्यसै अबसरमा संस्थाकी कार्यसमिति सदस्य श्रीमती संगीता राईले तीज पर्वको अबसरमा दर खाने कार्यक्रमको आयोजना गरि चेलीहरुलाई समाजमा ठुलो सम्मान दिएकोमा र रमणीय बाताबरण मिलाउनु भएकोमा कार्यसमिति तथा संस्थाका सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै चेलीहरुको तर्फबाट तिजको दर स्वरूप चेलाहरुलाई बियरको व्यवस्था गरिएको जानकारी गराउनु भयो |

कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सम्पूर्ण दाजु-भाई तथा दिदीबहिनीहरु प्रति संस्था हार्दिक आभार ब्यक्त गर्दै निम्न महानुभाबहरु बिर बहादुर गुरुङ, बलराम अधिकारी, प्रकाश गुरुङ, श्याम बहादुर गुरुङ र राम चन्द्र पोखरेल (खानपिन) अमर मल्ल (सजावट) शोभा राणा पोखरेल (अचार) र पूर्ण चन्द्र लिंग्देन (सपिंङ) लाई संस्था बिशेष धन्यवाद ज्ञापन गर्दछ | कार्डिफको रोथ कन्जरभेटिभ क्लबमा दिनको १२ बजे शुरु भएको उक्त कार्यक्रम स्वादिस्ट खानपिन र रमाईलो नांचगान पछि बेलुकी करिब १८:०० बजे समापन गरिएको थियो|
तीज कार्यक्रमको अन्य फोटोहरुको लागि यहाँ क्लिक गर्नुहोस
धन्यवाद |
No comments:
Post a Comment