वेल्स नेपाली समुदाय, कार्डिफले धेरै समय पहिला देखिनै वेल्समा कलाकारहरु ल्याई नेपाली कला र संस्कृतिको जगेर्ना तथा मनोरंजन लिने प्रयास गरिरहेको कुरा यहाँहरु सबैलाई अबगत गराउन चाहन्छौं | यसै अबसरमा गायक भक्तराज आचार्यका छोराद्वय सत्यराज र स्वरुपराज आचार्यहरु बेलायतमा सांगीतिक कार्यक्रम लिएर आउने जानकारी मिलेपछि हाम्रो संस्थाले पनि सांगीतिक साँझ राख्न प्रयास गरे अनुरुप आगामी १९ अक्टोबर २०१३ शनिवारका दिन सांगीतिक साँझ आयोजना गरिएको जानकारी गराउदै उक्त कार्यक्रममा यहाँ र यहाँको परिवार र साथी भाई बाट सहभागिता भई ठुलो भन्दा ठुलो सहयोग मिल्नेछ भन्ने आशा गरेका छौँ | कार्डिफमा यस खालको हाम्रो पहिलो प्रयास रहेको हुँदा सके सम्म बढी जन सहभागिता जुटाई सहयोग गरिदिनु हुन् यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौं |
सांगीतिक साँझ सम्बन्धि अन्य जानकारी निम्नानुसार छ |
समय : बेलुकी १८ बजे
स्थान : रोथ कन्जरभेटिभ क्लब
टिकट दर : १५ बर्ष भन्दा माथि १० पाउण्ड
: १५ बर्ष भन्दा मुनि निशुल्क प्रवेशको व्यवस्था
नास्ता : कार्यक्रममा ब्रेकको समयमा नास्ता गर्न चाहनुहुने महानुभाबहरुले £२.५० तिरी एउटा चिकेन बक्स किन्न पाउने व्यवस्था मिलाईएको छ | बक्समा २ पिस चिकेन, चिप्स र सानो पानीको बोतल हुनेछ|
टिकटको लागि क्षेत्र अनुसार निम्नानुसारको महानुभाबहरुलाई सम्पर्क गर्नुहुन् हार्दिक अनुरोध छ|
रमनी + ल्यांनरम्नी - प्रितम कुमारी चेम्जोंग
रिभर साईड + कार्डिफ बे + ग्रान्जटाउन - अमृत घले
आडाम्सडाउन + तमोर्फा - मति पुन र बिर बहादुर गुरुङ
रोथ - बलराम अधिकारी
निथ + स्वांनसी - जीवन के.सी.
कम्ब्रान - पूर्ण चन्द्र लिंग्देन
ब्रेकन - बिर बहादुर गुरुङ
हिथ + अन्य - शिवजी श्रेष्ठ
कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा कार्यक्रम संयोजक द्वय श्री पूर्ण चन्द्र लिंग्देन वा श्री मति प्रसाद पुन संग वा संस्थाको ईमेल मार्फत सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं |
धन्यवाद
No comments:
Post a Comment