२५ अगस्ट २०१३, आईतवारका दिन वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानको आयोजनामा वेल्स गोर्खा कम्युनिटी ओपन डे भब्य रुपमा सम्पन्न भयो| नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न, बिदेशी माटोमा यहाँका जनसमुदाय संग हातेमालो गर्दै कला र संस्कृतिलाई साटासाट गर्दै अगाडी बढ्न र वेल्समा रहनुभएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा एक -आपसमा भेटघाट तथा मनोरंजन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दाजु-भाई तथा दिदीबहिनीहरुको र यहाँका लोकल (बिदेशी) महानुभाबहरुको उल्लेख्य उपस्थिति रहेको थियो |
विभिन्न नांच-गान र अन्य कार्यक्रमले भरिपुर्ण उक्त कार्यक्रममा वेल्स नेपाली समुदायको तर्फबाट उल्लेख्य उपस्थितिका साथ अन्य सहयोगमा सहभागिता रहेको थियो भने संस्थाको तर्फबाट बहिनि प्रिती गुरुङले २ वटा नेपाली गीतमा नांच प्रस्तुत गर्नुभएको थियो |
दिउसो १२ बजे शुरु भएको पूर्ण नेपालीपनले भरिपुर्ण उक्त कार्यक्रम विभिन्न कार्यक्रम, नेपाली खानपिन र एक-आपसमा भेटघाट तथा मनोरन्जनका साथ दिउसो करिब ५ बजे समाप्त गरिएको थियो | उक्त कार्यक्रमा उपस्थित तथा सहभागी भई सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति संस्था हार्दिक आभारका साथ स-धन्यवाद ज्ञापन गर्दछ |
No comments:
Post a Comment