१९ अक्टोबर २०१३ शनिवार - वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा सत्य-स्वरूप सँगीत साँझ भब्य रुपमा सम्पन्न भयो| नेपाली कला र संस्कृतिका अग्रज महान गायककार भक्त राज आचार्यले नेपाली भूमिमा गुन्जाउनु भएका गीतहरु र वहाँका छोराहरुहरु द्वय सत्यराज र स्वरूपराज आचार्यका कैयौं मुटु छुने गीतहरुले रंगिएको उक्त कार्यक्रम वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो प्रयास थियो | वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुभएका संस्थाका सदस्य महानुभाबहरु, शुभ चिन्तक महानुभाबहरु, कम्ब्रान देखि पाल्नुभएका वेल्स गोर्खा कम्युनिटीका महानुभाबहरु र देशका विभिन्न क्षेत्र बाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम संस्थाको ठुलो सफल कार्यक्रमका रुपमा लिइएको छ |
कार्यक्रममा गायकार द्वय सत्यराज र स्वरूपराज आचार्यले उल्लेख्य रुपमा विभिन्न खालका गीतहरुले कहिले हसाउनु भएको थियो भने कहिले रुहाउनु भएको थियो | हाँस्नै परेपनि वा
रुनै परेपनि यसरि नेपाली संगीतमा रम्न पाउनुमा हामि आफुलाई भाग्यमानी र गौरवान्वित ठान्दछौँ र यसरी बिदेशी माटोमा आएर पनि यति ठुलो योगदान गर्नुहुने कलाकार द्वयलाई संस्था हार्दिक आभार ब्यक्त गर्दछ र यस्तो महान कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सहभागी हुनुहुने सम्पूर्ण महानुभाबहरु प्रति संस्था मुरी मुरी धन्यबादका साथ हार्दिक कृतज्ञता ज्ञापन गर्दछ र यसरीनै भविष्यमा पनि सहयोगको आदान प्रदान भईरहनेछ भन्ने कुरामा संस्था आशाबादी रहेको छ |
कार्डिफको रोथ कन्जरभेटिभ क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम बेलुकी १८:०० बजे शुरु गरि करिब २२:१५ बजे समापन गरिएको थियो र अन्तमा कार्यक्रम ब्यबस्थापन, टिकटीङ र नास्ता पानीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाभारुप्रती संस्था हार्दिक धन्यवाद ज्ञापन गर्दछ |
सत्य-स्वरूप सँगीत साँझ यु.के टुर बाट उठेको जतिपनि रकम भक्तराज आचार्य सँगीत प्रतिष्ठान नेपालमा जम्मा हुने कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौं |
कार्यक्रमका अन्य झलकहरुको लागि यहाँ थिच्नुहोस
धन्यवाद |
No comments:
Post a Comment