२ नोभेम्बर २०१३, शनिवार, वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७०/२०१३ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिईएको यस दशैं+तिहार २०७०/२०१३ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
कार्यक्रममा संस्थाका अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देन र वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानका अध्यक्ष श्री नरेन्द्र लिम्बुले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना संदेश दिनुभएको थियो | संस्थाका जन-सम्पर्क सदस्य श्री जीवन के.सी. ले संचालन गर्नुभएको सांस्कृतिक कार्यक्रममा विभिन्न सांकृतिक झलकहरु लिएर स्टेजमा आउनुभएको थियो भाई बहिनीहरु सुश्री प्रीति गुरुङ, श्री प्राजन पोखरेल, सुश्री सिमरन अधिकारी, सुश्री आयुष्मा श्रेष्ठ, श्री उमेश थापा, सुश्री प्रन्जिल पोखरेल,श्री समिर अधिकारी र सुश्री संजिता लिंग्देन |भाईबहिनीहरुको नाँचगानले दशैं+तिहार कार्यक्रम बढो रमणीय र उत्साहित थियो |तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी भैलोको आयोजना गरिएको थियो | सदा भन्दा भिन्न तरिकाले खेलिएको यस पालिको देउसी भैलोमा बिशेष रोल खेलुहुने श्री अमृत घले, श्री प्रकाश गुरुङ र श्री शालिकराम काफ्ले प्रति संस्था हार्दिक आभार ब्यक्त गर्दछ |
त्यसै अबसरमा वेल्स नेपाली समुदायले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको कार्यक्रम स्थल रोथ कन्जरभेटिभ क्लब संगको सम्बन्ध अझ बढी गाडा बनाउने र अहिलेसम्मको सहयोगको लागि धन्यवाद व्यक्त गर्नको लागि संस्थाको तर्फबाट कोथिमोड़ा खुकुरी रोथ कन्जरभेटिभ क्लबका मेनेजर श्री किथ फिल्लिप्सलाई स्टेजमा बोलाई हस्तान्तरण गरियो |
कार्यक्रमको अन्य फोटोहरुको यहाँ क्लिक गर्नुहोस |
धन्यवाद |
No comments:
Post a Comment