१० नोभेम्बर २०१३ आईतवारका दिन ब्रिटिश लिजन कार्डिफ र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१३ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा वेल्स नेपाली समुदायको तर्फबाट भुतपुर्ब गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो|
पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बिर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम कार्डिफको सिटि हल पछाडिको एलेक्सेन्डर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो| विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुसासनका साथ परेडमा भाग लिएका देखिन्थे|
No comments:
Post a Comment