ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 16 November 2014

रिमेम्बरेन्स डे २०१४ कार्यक्रम भब्यताका साथ सम्पन्न |

९ नोभेम्बर २०१४ आईतवारका दिन रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१४ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा नेपाली समाज वेल्सको तर्फबाट भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो|




Monday, 13 October 2014

बिजयादशमी तथा शुभ दिपावली २०७१ कार्यक्रम भव्यताका साथ सम्पन्न |

११ अक्टोबर २०१४, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७१/२०१४ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिईएको यस दशैं+तिहार २०७१/२०१४ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा  दिदीबहिनीहरुको सहभागिता रहेको थियो

Saturday, 27 September 2014




बडा दशैं तथा शुभ दिपावली २०७१ को शुभ उपलक्ष्यमा वेल्स निवाशी सम्पूर्ण   
नेपालीदाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |
                                                 

- नेपाली समाज वेल्स

Saturday, 30 August 2014

चेलीहरुलाई तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न




३० अगस्त २०१४ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा  नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Sunday, 24 August 2014

संस्थाको तेश्रो महाधिबेशन सम्पन्न

२३ अगस्ट २०१४, शनिवारका दिन संस्थाको तेश्रो  महाधिबेशन सम्पन्न भयो| संस्थाका  अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब  श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा  सहभागिता रहेको संस्थाको  तेश्रो महाधिबेशनमा  सचिब श्री पोखरेलले संस्थाले दोश्रो  अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|

Tuesday, 29 July 2014

समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न

२६ जुलाई २०१४, शनिवार;
गत बर्षहरु जस्तै यस बर्ष पनि वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरु संग रम्ने कोशे ढुङ्गोको रुपमा लिईएको यस कार्यक्रम सेन्ट अल्बान्स रग्बी क्लबको प्राङ्गणमा आयोजना गरिएको थियो | वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा मौसमले राम्रो साथ दिदा उपस्थित सम्पूर्ण महानुभाबहरुले भरपूर्ण रमाईलो लिनुभएको देखिन्थ्यो  |

Saturday, 19 July 2014

.

वेल्स नेपाली समुदाय, कार्डिफको तेश्रो महाधिबेशन

वेल्स नेपाली समुदाय, कार्डिफको तेश्रो महाधिबेशन यहि २३अगस्ट २०१४ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |

मिति - २३ अगस्ट २०१४ शनिवार  
समय - १२:०० - १६:००
स्थान - रोथ कन्जरभेटिभ क्लब 
7 Cyril Crescent
Cardiff, CF24 1DQ
अधिबेशन सम्बन्धि  जानकारी -

Sunday, 29 June 2014

सहयोगमा साथ दिने महानुभाबहरुको नामावली

वेल्स नेपाली समुदाय, कार्डिफ - मर्दा-पर्दा सहयोग 
संस्थाले हालसालै उठाएको सहयोगमा साथ दिने महानुभाबहरुको नामावली |

Monday, 16 June 2014

समर बि बि क्यु २०१४ कार्यक्रम सम्बन्धि जानकारी

सधै जस्तै यसपाली पनि संस्थाले समर बि बि क्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको छकाम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छकुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक,परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छयस्ता खालका कार्यक्रम सधै नभईरहने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति वेल्स नेपाली समुदाय, कार्डिफ हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|

Sunday, 20 April 2014

कार्डिफ मा नयाँ बर्ष २०७१ कार्यक्रम भब्य रुपमा सम्पन्न |

 बेलायत्/ कार्डिफ, १९ अप्रिल २०१४,
आफ्नो परम्परा त्यसमा पनि पुर्बिय परम्परा र संस्कृति त संसारकै पुरानो, त्यसै मध्य को एउटा परम्परा नेपाली नया बर्ष २०७१ बडो हर्ष र उल्लास का साथ बेलायत् को कार्डिफ मा रहने नेपालीहरु ले मनाए |
बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो |

Thursday, 10 April 2014

नयाँ बर्ष २०७१ कार्यक्रम सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस | धन्यवाद 

हार्दिक समबेदना !

स्व. सन्त बहादुर इवाहाङ
०७.०८.१९९६ - २७.११.२०७०

वेल्स नेपाली समुदाय, कार्डिफका  सदस्य  श्रीमति प्रितम कुमारी चेम्जोंगको  स्व. पिता  सन्त बहादुर इवाहाङको  २७.११.२०७० का दिन नेपालमा असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 


Wednesday, 9 April 2014

हार्दिक समबेदना !

स्व. लोकेन कोयु राइ
स्व. स्थल - मलेशिया
स्व. मिति ई.स.- १९/०३/२०१४


वेल्स नेपाली समुदाय, कार्डिफका  सदस्य  श्री पन्च बिर राइका स्व. सुपुत्र लोकेन कोयु राइको १९ मार्च २०१४ बुधबारका दिन असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 

Sunday, 23 March 2014

नयाँ बर्ष २०७१ सम्बन्धि जानकारी

सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७१’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १९ अप्रिल २०१४ शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०७१’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |
आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने छ भन्ने कुरामा बिश्वस्त छौँ | बिगतका कार्यक्रमहरु जस्तै यसपाली पनि कार्यक्रम स्थल प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ | टिकट अग्रिम खुल्ला गरिएको हुनाले आफ्नो नजिक रहनुभएका कार्यसमिति पदाधिकारी मार्फत तोकिएको सहयोग शुल्क तिरी टिकट लिन सकिनेछ|

Sunday, 2 March 2014

सेन्ट डेविड्स डे २०१४ मा WNC र WGC को संयुक्त सहभागिता

१ मार्च २०१४, शनिवार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१४ भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१४ मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।

Thursday, 9 January 2014

कार्डिफमा ल्होसार पर्ब सम्पन्न !

०४/०१/२०१४ - तमु समुदायहरुको ल्होसार पर्वको अवसर पारेर वेल्समा बसोबास गरेका  तमु समुदायहरुले भर्खरै मात्र ल्होसार पर्ब मनाउने कार्यक्रम सम्पन्न गरेको छ | नेपालको विभिन्न चाडपर्बहरु मद्धे गुरुङहरुको महान पर्ब ल्होसार परम्परागत रुपमा मनाउदै आईरहेको तमु संस्कृतिमा आधारित पर्ब हो | तमु ल्होसार बिशेष गरि नेपाली पात्रो अनुसार पौष १५ का दिन भब्य रुपले मनाउने चलन छ | तमु भाषामा ल्हो भनेको बर्ग र छार भनेको नयाँ हो त्यसैले ल्होसारले नयाँ बर्ष जनाउछ | पुरानो बर्ग (सप्र्ही) प्ही  लाई बिदाई गर्दै नयाँ ल्हो ( घोडा) त बर्गको आगमनको उपलक्षमा नयाँ बर्षको रुपमा ल्होसार चाड मनाईन्छ |