ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Thursday, 9 January 2014

कार्डिफमा ल्होसार पर्ब सम्पन्न !

०४/०१/२०१४ - तमु समुदायहरुको ल्होसार पर्वको अवसर पारेर वेल्समा बसोबास गरेका  तमु समुदायहरुले भर्खरै मात्र ल्होसार पर्ब मनाउने कार्यक्रम सम्पन्न गरेको छ | नेपालको विभिन्न चाडपर्बहरु मद्धे गुरुङहरुको महान पर्ब ल्होसार परम्परागत रुपमा मनाउदै आईरहेको तमु संस्कृतिमा आधारित पर्ब हो | तमु ल्होसार बिशेष गरि नेपाली पात्रो अनुसार पौष १५ का दिन भब्य रुपले मनाउने चलन छ | तमु भाषामा ल्हो भनेको बर्ग र छार भनेको नयाँ हो त्यसैले ल्होसारले नयाँ बर्ष जनाउछ | पुरानो बर्ग (सप्र्ही) प्ही  लाई बिदाई गर्दै नयाँ ल्हो ( घोडा) त बर्गको आगमनको उपलक्षमा नयाँ बर्षको रुपमा ल्होसार चाड मनाईन्छ |