०४/०१/२०१४ - तमु समुदायहरुको ल्होसार पर्वको अवसर पारेर वेल्समा बसोबास गरेका तमु समुदायहरुले भर्खरै मात्र ल्होसार पर्ब मनाउने कार्यक्रम सम्पन्न गरेको छ | नेपालको विभिन्न चाडपर्बहरु मद्धे गुरुङहरुको महान पर्ब ल्होसार परम्परागत रुपमा मनाउदै आईरहेको तमु संस्कृतिमा आधारित पर्ब हो | तमु ल्होसार बिशेष गरि नेपाली पात्रो अनुसार पौष १५ का दिन भब्य रुपले मनाउने चलन छ | तमु भाषामा ल्हो भनेको बर्ग र छार भनेको नयाँ हो त्यसैले ल्होसारले नयाँ बर्ष जनाउछ | पुरानो बर्ग (सप्र्ही) प्ही लाई बिदाई गर्दै नयाँ ल्हो ( घोडा) त बर्गको आगमनको उपलक्षमा नयाँ बर्षको रुपमा ल्होसार चाड मनाईन्छ |

त्यस्तै गरेर ल्होसार पर्वको अबसरमा शुभकामना संदेश दिनुहुने महानुभाबहरुमा कार्डिफ तमु आयोजक समितिको तर्फबाट श्री मान धोज गुरुङ, ब्रेकन बाट पाल्नुभएका रिटायर्ड मेजर गुप्त मान गुरुङ र कम्ब्रानबाट पाल्नुभएका श्री ईन्द्र बहादुर गुरुङ हुनुहुन्थ्यो |

कम्ब्रान, ब्रेकन र कार्डिफका तमु समुदायले संयुक्त रुपमा मनाईएको ल्होसार पर्वको प्रमुख आयोजक कार्डिफ तमु आयोजक समिति रहेको कार्यक्रममा विभिन्न क्षेत्रबाट पाल्नुभएका कलाकार भान्जा भान्जिहरुले आफ्नो कला र संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नुभएको थियो त्यसको लागि उहाँहरु प्रति आयोजक समिति मुरी मुरी धन्यवाद ज्ञापन गर्दछ |


कार्डिफको कन्जरभेटिभ क्लबमा आयोजना गरिएको उक्त कार्यक्रम बेलुकी १८:०० बजे शुरु गरि करिब २३:३० मा समापन गरिएको थियो |
अन्तमा यस ल्होसार पर्वलाई सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभाबहरु प्रति कार्डिफ तमु आयोजक समिति ह्रिदय देखि धन्यवाद ज्ञापन गर्न चाहन्छौं |
धन्यवाद !
- कार्डिफ तमु आयोजक समिति
- कार्डिफ तमु आयोजक समिति
__._,_.___
No comments:
Post a Comment