Sunday, 23 March 2014

नयाँ बर्ष २०७१ सम्बन्धि जानकारी

सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७१’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १९ अप्रिल २०१४ शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०७१’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |
आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने छ भन्ने कुरामा बिश्वस्त छौँ | बिगतका कार्यक्रमहरु जस्तै यसपाली पनि कार्यक्रम स्थल प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ | टिकट अग्रिम खुल्ला गरिएको हुनाले आफ्नो नजिक रहनुभएका कार्यसमिति पदाधिकारी मार्फत तोकिएको सहयोग शुल्क तिरी टिकट लिन सकिनेछ|

Sunday, 2 March 2014

सेन्ट डेविड्स डे २०१४ मा WNC र WGC को संयुक्त सहभागिता

१ मार्च २०१४, शनिवार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१४ भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१४ मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।