Sunday, 23 March 2014

नयाँ बर्ष २०७१ सम्बन्धि जानकारी

सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७१’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १९ अप्रिल २०१४ शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०७१’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |
आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने छ भन्ने कुरामा बिश्वस्त छौँ | बिगतका कार्यक्रमहरु जस्तै यसपाली पनि कार्यक्रम स्थल प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ | टिकट अग्रिम खुल्ला गरिएको हुनाले आफ्नो नजिक रहनुभएका कार्यसमिति पदाधिकारी मार्फत तोकिएको सहयोग शुल्क तिरी टिकट लिन सकिनेछ|

कार्यक्रम स्थल : -
Roath Conservative Club,
(First Floor)
7-11 Cyril Crescent
Cardiff, CF24 1DQ
029 2049 6829
मिति:–  १९ अप्रिल २०१४ शनिवार

समय:– बेलुकी १८.०० बजे देखि २३.०० बजे सम्म
कार्यक्रम स्थल प्रवेशको लागि सहयोग शुल्क:-
५ बर्ष देखि १२  बर्ष सम्मका लागि – £५ 
१२  बर्ष भन्दा माथिका लागि – £१२ 
५ बर्ष भन्दा मुनिका बाल बालिकाका लागि निशुल्क प्रबेशको व्यवस्था मिलाईएको छ|
कार पार्किंग कार्यक्रम स्थल बाहिरको रोडमा गर्न सकिन्छ भने बस मार्फत यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको बस रुट हेर्नु हुन् अनुरोध गर्दछौं| कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा संस्थाको ई-मेल मार्फत वा संस्थाका कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ|

धन्यवाद !

No comments:

Post a Comment