वेल्सका स्थानीय बासिन्दा र बिदेशबाट वेल्समा आई बसोबास गर्ने विभिन्न समुदायका जनमानसको सहभागिता बराबर देखिन्थ्यो। विभिन्न रंगी बिरंगी कपडामा सजिएका जन-समुदायले आ-आफ्नो बाजागाजा मार्फत भूमिनै थर्काएका थिए |
सयौं दर्शकहरु बाटोको वरिपरी उभिएर दुइ हात जोडी नमस्कार गर्दै हामीप्रति देखाएका सम्मानले त्यहाँ उपस्थित हुँदा झेल्नु परेको भोक, तिर्खा, निन्द्रा र थकाई लाई बिर्सेर वेल्स र नेपाल प्रतिको आत्मिएता अझ गाडा भएको अनुभब हुन्थ्यो | बाटोमा एकसुरले हिड्दै गर्दा कुनै विदेशीले बिदेशीको स्वरमा बोलि लर्बर्याउदै नमस्कार, सन्चै हुनुहुन्छ? भनेर सोद्दा तपाईंलाई अनुभब कस्तो हुन्छ? तेस्तै थियो हामी सबैको अनुभब पनि !
बिदेशी भूमिमा रहेर पनि आफ्नो देश, भेष र संस्कृतिलाई सधै उँचो बनाउन गरेको त्यो उपस्थितिको महत्व त्यहाँ उपस्थित हुँदा देखिएको अनुभूतिले नेपाल र नेपालीप्रतिको सदभाब र मायाँ मुटुभित्र टाँसीएर रहेको प्रस्ट हुन्थ्यो। कम्ब्रानबाट आउनुभएका च्याम्ब्रुंग सहितको टोलीले हाम्रो गौरब र ठाँट अझ बडाएको थियो |
वेल्सको राजधानी कार्डिफमा भएको हाम्रो यो सहभागिताले एउटा महत्वपुर्ण भूमिका खेलेको छ। जीवनको यस्तो धेरै महत्वपूर्ण घडीमा आफ्नो काम, धाम, थकाई, भोक र तिर्खालाई त्यागेर उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु प्रति वेल्स नेपाली समुदाय, कार्डिफ हार्दिक अभिबादन ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि यस्तै सदभाब र सहयोग आदान प्रदान जारी रहनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
बिशेष धन्यवाद!
हाम्रो निमन्त्रणालाई आत्मसाथ गर्दै कार्यक्रममा च्याम्ब्रुंग टोलि सहित उपस्थित हुनुहुने वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानका सम्पूर्ण महानुभाबहरुप्रति वेल्स नेपाली समुदाय, कार्डिफ मुरी मुरी धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सदभाब र सहयोगको आदान प्रदान भई रहनेछ भन्ने कुरामा हामी आशाबादी छौँ|
No comments:
Post a Comment