ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 20 April 2014

कार्डिफ मा नयाँ बर्ष २०७१ कार्यक्रम भब्य रुपमा सम्पन्न |

 बेलायत्/ कार्डिफ, १९ अप्रिल २०१४,
आफ्नो परम्परा त्यसमा पनि पुर्बिय परम्परा र संस्कृति त संसारकै पुरानो, त्यसै मध्य को एउटा परम्परा नेपाली नया बर्ष २०७१ बडो हर्ष र उल्लास का साथ बेलायत् को कार्डिफ मा रहने नेपालीहरु ले मनाए |
बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो |
संस्थाका सदस्य श्री अमृत घले ले संचालन गर्नुभएको उक्त कार्यक्रममा अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले सम्पूर्ण उपस्थित महानुभाब प्रति नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो |
६ बैशाख २०७१ शनिवारका दिन रोथ कन्जरभेटिभ हलमा बेलुकी १८:०० बजे देखि २३:०० बजे सम्म भएको कार्यक्रमा प्राजन पोखरेल र प्रान्जिल पोखरेल ले गीत को माध्यम ले नया वर्ष लाइ स्वागत गरे भने खुशी देवकोटा र मुस्कान देवकोटा ले "नारिसाउ मितिनी" बोल को गीत मा नृत्य प्रस्तुत गरेका थिए | उमेश थापा र मिन राज  थापा ले "परेलीमा लुकाइ राख्नु" बोल को गीत ले दर्शकको मन जितेका थिए |
कार्यक्रम को अन्त्यमा सँस्थाका उपाध्यक्ष श्री मोति प्रसाद पुनले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभाहरु लाइ हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो | 
(अरु फोटो हरु सबै बाट उपलब्ध भएपछि ब्लग मा राखिने व्यहोरा जानकारी गराउदै  कृपया यहाँ हरुसंग भएका फोटो हरु संस्थाको इमेल wnccardiff@yahoo.co.uk मा पठाई दिनुहुन अनुरोध छ/)

No comments:

Post a Comment