Tuesday, 29 July 2014

समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न

२६ जुलाई २०१४, शनिवार;
गत बर्षहरु जस्तै यस बर्ष पनि वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरु संग रम्ने कोशे ढुङ्गोको रुपमा लिईएको यस कार्यक्रम सेन्ट अल्बान्स रग्बी क्लबको प्राङ्गणमा आयोजना गरिएको थियो | वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा मौसमले राम्रो साथ दिदा उपस्थित सम्पूर्ण महानुभाबहरुले भरपूर्ण रमाईलो लिनुभएको देखिन्थ्यो  |

दिनको करिब १ बजे शुरु भएको यस समर बार्बिक्यु  कार्यक्रम विभिन्न कार्यक्रमका साथ बेलुकी करिब ८ बजे समापन भएको थियो |
समर बार्बिक्यु २०१४ कार्यक्रममा सामेल भई सहयोग गर्नुहुने वेल्स निवाशी सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, निमन्त्रणा स्वीकार गरि कार्यक्रममा पाल्नुहुने  सम्पूर्ण पाहुना बर्ग र कार्यक्रम भब्य रुपमा सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ र  आगामी दिनहरुमा पनि यस्तै गरि सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा संस्था विश्वस्त रहेका छ |
धन्यवाद !


No comments:

Post a Comment