ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 30 August 2014

चेलीहरुलाई तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न




३० अगस्त २०१४ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा  नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Sunday, 24 August 2014

संस्थाको तेश्रो महाधिबेशन सम्पन्न

२३ अगस्ट २०१४, शनिवारका दिन संस्थाको तेश्रो  महाधिबेशन सम्पन्न भयो| संस्थाका  अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब  श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा  सहभागिता रहेको संस्थाको  तेश्रो महाधिबेशनमा  सचिब श्री पोखरेलले संस्थाले दोश्रो  अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|