ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 24 August 2014

संस्थाको तेश्रो महाधिबेशन सम्पन्न

२३ अगस्ट २०१४, शनिवारका दिन संस्थाको तेश्रो  महाधिबेशन सम्पन्न भयो| संस्थाका  अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब  श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा  सहभागिता रहेको संस्थाको  तेश्रो महाधिबेशनमा  सचिब श्री पोखरेलले संस्थाले दोश्रो  अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|
त्यस्तै गरि संस्थाका सह-सचिब श्री महेश देवकोटाले नयाँ तथा पुराना सदस्य महानुभाबहरुको विवरण प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष श्री विभूषणमान श्रेष्ठले  संस्थाको आर्थिक गतिबिधिको विवरण  प्रस्तुत गर्नुभयो | 
कार्यक्रममा बिधान संशोधन समितिका संयोजक तथा उपाध्यक्ष  श्री मति प्रसाद पुनले  बिधान संशोधन समितिका सदस्यहरु श्री चित्र बहादुर राई, श्रीमती लक्ष्मी के.सी., श्री रबिन्द्र तुम्बाहाम्फे  र श्री राम चन्द्र पोखरेलको  सहयोग र शुझाबमा संस्थाको "बिधान २००९" मा समय र परिस्थिति अनुसार आबश्यक संशोधन गरि महाधिबेशनमा पेश गर्नुभएको संशोधित बिधान  छलफलपछि पारित भयो |

कार्यक्रमका अध्यक्षता गरिरहनुभएका  संस्थाका अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले तात्कालिन कार्यसमिति बिघटन भएको घोषणा का साथ संस्थाको संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई  अनुरोध गर्नुभयो |श्री बिरा शंकर राईको  संयोजकत्वमा  ३ सदस्यीय निर्वाचन समितिमा सदस्यहरु श्री महेश देवकोटा र श्री जस बहादुर कन्दंवा रहनुभएको समितिले महाधिबेशनमा संस्थाका  सदस्य महानुभाबहरु मध्येबाट १३ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयन गर्नुभयो |

नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ |  

अधयक्ष - श्री  मति प्रसाद पुन 
उपाध्यक्ष - श्री राम चन्द्र पोखरेल 
सचिब - श्री निर लाल मोक्तान  
स-सचिब - श्री  जीवन के.सी
कोषाध्यक्ष - श्री विभूषणमान श्रेष्ठ 
सह-कोषाध्यक्ष - श्री अमृत घले 
सदस्य (सम्पत्ति) - श्री  बिर बहादुर गुरुङ  
सदस्य  (जन सम्पर्क) - श्रीमति लक्ष्मी  के.सी.
सदस्य  ( महिला बिभाग) - श्रीमती संगीता राई 
सदस्य  (कार्यक्रम तथा समन्वय) - श्री शालिकराम काफ्ले   
सदस्य (कार्यक्रम तथा समन्वय)  - श्री कमल केसर चेम्जोंग 
सदस्य                                         - श्री प्रकाश गुरुङ 
सदस्य (युवा, विद्यार्थी तथा खेलकुद) - श्री उमेश थापा


निर्वाचन समिति संयोजक श्री बिरा शंकर राईले नव निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्य महानुभाबहरुलाई नयाँ कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो भने नव निर्वाचित अध्यक्ष श्री मति प्रसाद पुनले सम्पूर्ण सदस्य महानुभाबहरु प्रति तेश्रो  महाधिबेशनमा उपस्थित भई संस्थाको महत्वपुर्ण भाबी कार्ययोजामा सहयोग पुर्याउनु भएकोमा हार्दिक कृतज्ञताका साथ धन्यवाद ज्ञापन गर्दै नव निर्वाचित कार्यसमितिले सँस्था, सदस्य, नेपाली संस्कृति र अन्य कुराको भलोको लागि सधै आफुहरुले सकेको सहयोग र सद्भावका साथ अगाडी बढ्ने प्रण गर्नुभयो |कार्डिफको स्थानीय  हलमा आयोजना भएको उक्त कार्यक्रम दिनको करिब  १३.०० बजे शुरु भई करिब १६.३० मा समापन गरिएको थियो |

संस्थाको तेश्रो महाधिबेशनमा पाल्नुहुने हाम्रा सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबप्रति सँस्था हार्दिक आभारका साथ स-धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यसरीनै सहयोग र सदभाबको आदान प्रदान भईरहोस भनि कामना गर्दछ|



धन्यवाद !


No comments:

Post a Comment