चेलीहरुलाई तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न
३० अगस्त २०१४ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |
कार्यक्रममा संस्थाको तर्फबाट चेलीहरुलाई महत्वपुर्ण तीज पर्बको अबसरमा शुभकामना प्रदान र सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन यस सँस्थाको अध्यक्ष श्री मती प्रसाद पुन ज्यू को तर्फ बाट गर्नुका साथै नेपाली चेलीहरुसंग सधै यसरीनै हातेमालो गर्दै जाने र भाबी कार्यक्रमहरु अझै रोचकमय बनाउन नेपाली समाज वेल्स प्रयासरत रहेको जानकारी गराउनुभयो | त्यसै अबसरमा संस्थाकी कार्यसमिति सदस्य श्रीमती लक्ष्मी अधिकारीले तीज पर्वको अबसरमा दर खाने कार्यक्रमको आयोजना गरि चेलीहरुलाई समाजमा ठुलो सम्मान दिएकोमा र रमणीय बाताबरण मिलाउनु भएकोमा कार्यसमिति तथा संस्थाका सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयोI
कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सम्पूर्ण दाजु-भाई तथा दिदीबहिनीहरु प्रति यस संस्था हार्दिक आभार ब्यक्त गर्दै निम्न महानुभाबहरु बिर बहादुर गुरुङ, बलराम अधिकारी,बिभुसन श्रेष्ठ र राम चन्द्र पोखरेल (खानपिन) , मती प्रसाद पून र नीर लाल मोक्तान (सजावट) ,पूर्ण चन्द्र लिंग्देन (सपिंङ साथै ईन्धन), जीवन केसी (फोटोग्राफी) ,अमृतघले र शालिकराम काफ्ले(संगीत) लाई यस सँस्था बिशेष धन्यवाद ज्ञापन गर्दछ | कार्डिफको रोथ कन्जरभेटिभ क्लबमा दिनको २ बजे शुरु भएको उक्त कार्यक्रम स्वादिस्ट खानपिन र रमाईलो नांचगान पछि बेलुकी करिब १९:०० बजे समापन गरिएको थियो|
धन्यबाद |
धन्यबाद |
No comments:
Post a Comment