११ अक्टोबर २०१४, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको
महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७१/२०१४ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने
धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिईएको यस दशैं+तिहार २०७१/२०१४ कार्यक्रममा
वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
संस्थाका सचिब श्री निर लाल
मोक्तानले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई आ-आफ्नो ब्येस्थथा को
बाबजुत पनि समय निकाली कार्यक्रममा उपस्थित हुनु भएकोमा धन्यवाद दिदै बिजया दशमी
तथा दिपावली को हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम शुरु गर्नु भएको थियो | नेपाली तथा वेल्सको रास्ट्रिय गानलेकार्यक्रमको बाताबरण अझबढी भाव
बिभोर बनाएको थियो|
कार्यक्रममा संस्थाका अध्यक्ष श्री मति प्रसाद पुनले बिजया दशमी तथा
दिपावली को शुभकामना व्यक्त गर्दै, वेल्स गोर्खा कम्युनिटी, कम्ब्रानका अध्यक्ष श्री नरेन्द्र लिम्बु साथै क्लेनथ्ली
नेपाली समाजका अध्यक्ष श्री टंक राई लाई खादा लगाई नेपाली समाज वेल्सको निमन्त्रणा
लाई स्वीकार्दै उपस्थित हुनुभएकोमा धन्यवाद दिनुभयो साथै उहाहरुले पनि सम्पूर्ण
उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना संदेश दिनुभएको थियो |
कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना
गरिएको थियो जसमा कम्ब्रान बाट आउनुभएका बहिनीहरु (स्रुश्री पंचना राना,
चबिना राना, सप्तना राना र अस्टना राना) त्येस्तै गरि कार्डिफ का बहिनीहरु (सरिना गुरुङ र टिना
गुरुङ) का नृत्य र सबिना लामा साथै रामचन्द्र पोखरेल का गीतले कार्यक्रमलाई छुट्टै
रौनक दिएको थियो| तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम
राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी भैलोको आयोजना
गरिएको थियो | देउसी भैलोमा बिशेष रोल खेल्नुहुने श्री अमृत घले साथै उहालाई साथ
दिने श्रीमती राधा घले, श्रीमती प्रितम कुमारी चेमज्योंग र श्री शालिकराम काफ्ले प्रति संस्था हार्दिक आभार ब्यक्त गर्दछ |
कार्यक्रमको मध्येमा पुर्व अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देल, सह सचिव श्री महेश देवकोटा र टेक्नीकल सपोर्ट गर्दै आउनु हुने श्री तेज नाथ दाहाल लाई सम्मानका साथ प्रशंसा पत्र प्रदान गरियो | कार्यक्रमकोअन्तमा श्री लिंग्देल ज्यु ले उहाँले भोग्नु भएको अनुभवहरु सबै बीच बाड्नु भएको थियो| यसको साथै नेपालको बाडी पिडितको लागि पैसा सङ्कलन गर्ने कार्यक्रमको संयोजक श्री बिर बहादुर गुरुङ ज्युले सम्पुर्ण सहयोग गर्नु हुने महानुभावहरुलाई धन्यवाद दिनुभयो|
कार्यक्रमको मध्येमा पुर्व अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देल, सह सचिव श्री महेश देवकोटा र टेक्नीकल सपोर्ट गर्दै आउनु हुने श्री तेज नाथ दाहाल लाई सम्मानका साथ प्रशंसा पत्र प्रदान गरियो | कार्यक्रमकोअन्तमा श्री लिंग्देल ज्यु ले उहाँले भोग्नु भएको अनुभवहरु सबै बीच बाड्नु भएको थियो| यसको साथै नेपालको बाडी पिडितको लागि पैसा सङ्कलन गर्ने कार्यक्रमको संयोजक श्री बिर बहादुर गुरुङ ज्युले सम्पुर्ण सहयोग गर्नु हुने महानुभावहरुलाई धन्यवाद दिनुभयो|
कार्यक्रमको अन्तमा सस्थाका उपाध्यक्ष श्री राम चन्द्र
पोखरेलले बिजया दशमी तथा दिपावलीको शुभकामना ब्यक्त गर्दै कार्यक्रम लाई
प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावहरु लाई धन्यवाद दिदै
औपचारिक कार्यक्रमको समाप्त भएको घोषणा गर्नु भएको थियो |
कार्डिफको रोथ कन्जरभेटिभ
क्लबमा आयोजना गरिएको दशैं+तिहार
कार्यक्रममा उपस्थित भई हाम्रा
महान चाडहरु मनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरुप्रति
संस्था हार्दिक आभार ब्यक्त गर्दछ |कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रमा सहयोग पुर्याउनुहुने महानुभाबहरु श्री मति प्रसाद
पुन, श्री पूर्णचन्द्र लिंग्देंन, श्री
चित्र बहादुर राई खानपिनमा श्री बिर बहादुर गुरुङ, श्री
बलराम अधिकारी, श्री विभूषणमान श्रेष्ठ, श्री श्याम गुरुङ, श्री अमर मल्लर टिकेटमा- श्री विभूषणमान श्रेष्ठ र श्री बलराम अधिकारी, अनुशासन
व्यवस्थामा- श्री जीवन के. सी. र श्रीमती लक्ष्मी के. सी., फोटोग्राफीमा- श्री
जीवन के. सी र श्री जस बहादुर कन्दंवा, सपिंगमा-श्री राम
चन्द्र पोखरेल, हल सजावटमा-श्री राम चन्द्र पोखरेल,श्री निर लाल मोक्तान,
श्री जीवन के.सी (विशेष गरि नयाँ व्यानर ब्यबस्थापन) र अमर मल्ल, श्री अमृत घले र श्री शालिकराम काफ्ले - सांस्कृतिक कार्यक्रम ब्यबस्थापन, श्रीमान्/श्रीमती मति
प्रसाद पुन र श्रीमती गीता काफ्ले - सेल रोटि ब्यबस्थापन, माछा
को परिकार को व्यस्थापन –श्रीमती संगीता राई, श्री निर लाल मोक्तान - कार्यक्रम ब्यबस्थापन लगायत अन्य सम्पूर्ण कार्यसमितिका महानुभाबहरु, सदस्य महानुभाबहरु र शुभचिन्तक महानुभाबहरुप्रति संस्था
मुरी मुरी धन्यवाद ज्ञापन गर्दछ |
धन्यवाद |
No comments:
Post a Comment