ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 16 November 2014

रिमेम्बरेन्स डे २०१४ कार्यक्रम भब्यताका साथ सम्पन्न |

९ नोभेम्बर २०१४ आईतवारका दिन रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१४ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा नेपाली समाज वेल्सको तर्फबाट भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो|




पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम कार्डिफको सिटी हल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो| विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएको देखिन्थ्यो |




११ बजेर ११ मिनेट ११ सेकेन्डको समयमा युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो| कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्रांगणमा आई चियापानको साथ कार्यक्रम बिसर्जन गरिएको थियो| यसरी बिदेशी माटोमा आएर पनि नेपाली पन कति पनि डगमगाउन नदिई आफ्नो देश र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशीकासामु आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो छातीमा बोकेर हिड्ने प्रत्येक नेपाली दाजुभाईप्रति नेपाली समाज वेल्स हार्दिक आभार, गौरब  धन्यवाद प्रकट गर्दछ  भबिष्यमा पनि यसरीनै आपसी साथ पाईरहने आशा गर्दछ|

No comments:

Post a Comment