ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 7 November 2015

२०७२ सालको दशै तथा तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न|


३१ अक्टोबर २०१५, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७२/२०१५ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७२/२०१५ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा  दिदीबहिनीहरुको सहभागिता रहेको थियो

Saturday, 19 September 2015

चेलीहरुलाई २०७२ सालको तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न

  
१२ सेप्टेम्बर २०१५ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन तीज मनाउन पाउँदा  नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Tuesday, 14 July 2015

समर बार्बिक्यु २०१५ कार्यक्रम भव्यरुपमा सम्पन्न


११ जुलाई २०१५, शनिवार;गत बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु २०१५ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Porthkerry Country Park मा आयोजना गरिएको थियो | कार्डिफको भिढ़भाड भन्दा करिब १५ माईल पर बारी आइलैंडको नजिक रहेको पार्क साचिक्कै मनमोहक थियो |

Thursday, 21 May 2015

महा भूकम्पका पीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न

हाम्रो मातृभुमि नेपालमा गत २५ अप्रिल तथा १२ मे २०१५ मा गएको महा-भूकम्पबाट पर्न गएको धन जनको क्षतिप्रति संस्था, संस्थाका सदस्य तथा शुभचिन्तक महानुभाबहरु गहिरो दुखमा पर्नुभएको छ यस असहज तथा दुखित घडीमा धैर्य धारण तथा असहज परिस्थितिको सामना गर्ने बल प्रदानका साथै दुखद परिस्थितिबाट सहादत प्राप्त गर्नुहुने सम्पूर्ण नेपाली तथा बिदेशी चिर आत्माको शान्तिका लागि भगवान संग प्राथना गर्न चाहन्छौं |

यसरि धेरै असजिलो समय गुज्री रहदा नेपाली समाज वेल्स, बेलायत (Nepalese Society Wales, UK) को पहलमा राहत वितरणको पाईला अगाडी सारेको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौं | यसैक्रममा नेपाली समाज वेल्स, बेलायत (Nepalese Society Wales, UK) ले भूकम्प पिडितहरुको सहयोगार्थ आर्थिक संकलन गरी अति प्रभावित क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा खाद्यान्‍न सहयोग गर्ने निर्णय बमोजिम दलित जनजातिहरुको बाहुल्यता रहेको गोरखा जिल्ला, हंसपुर गा. वि. स. अन्तर्गत वडा नं. १,, ५  र ८  गरी ४ वटा वडाका ४४० घर परिवारहरुलाई राहत वितरण गर्नको लागि नेपालबाट स्वयम् सेवकहरु खटाई संस्थाको ब्यानर मुनि पिडित जनताहरुलाई राहत स्वरुप खाद्यान्‍न सहयोग वितरण गर्‍यो।

Sunday, 19 April 2015

नयाँ बर्ष २०७२ भव्यताका साथ सम्पन्न

बढो हर्ष र उल्लासका साथ नयाँ बर्ष २०७२ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्स तथा इंगलैंडका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|

Sunday, 8 March 2015

सेन्ट डेविड्स दिवस भव्यताका साथ सम्पन्न

प्रत्येक मार्च १ मा सेन्ट डेविड्स दिवस वेल्समा मनाईन्छ र यसमा नेपाली समाज वेल्सको सहभागिता हुदै आईरहेको छ यस पटकपनि परम्परालाई कायमै राख्दै नेपाली समाज वेल्सको सहभागिता भएको थियो| विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१५  भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१५  मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।


Sunday, 22 February 2015

एन आर एन युकेको सहयोगमा नेपाली समाज वेल्सले एक दिने छलफलको कार्यक्रमको आयोजना


एन आर एन युकेको सहयोगमा नेपाली समाज वेल्सले एक दिने छलफलको कार्यक्रम Feb 15,  2015 आइतबारका दिन आयोजना गरेको थियो | जसमा यूकेका बिबिध ( Properties  किन्ने, बेच्ने, immigration  र अन्य ) कानुन सम्बन्धि  छलफल  गरिएको थियो |

कार्यक्रमको सुरुमा नेपाली सोसाईटी वेल्स का सचिव श्री निरलाल मोक्तान ज्युले सम्पुर्ण उपस्थित महानुभाव हरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो |

त्येसैगरि एन आर एन यूकेका अध्यक्ष श्री महेन्द्र कडेल ज्युले एन आर एन यूकेको कार्यबिधि र उदेश्य  साथै भविष्यमा हुने गतिबिधि बारे जानकारी गराउनुभएको थियो |