एन आर एन युकेको सहयोगमा नेपाली समाज
वेल्सले एक दिने छलफलको कार्यक्रम Feb 15, 2015 आइतबारका दिन आयोजना गरेको थियो | जसमा यूकेका बिबिध ( Properties किन्ने, बेच्ने, immigration र अन्य ) कानुन सम्बन्धि छलफल गरिएको थियो |
कार्यक्रमको सुरुमा नेपाली सोसाईटी वेल्स
का सचिव श्री निरलाल मोक्तान ज्युले सम्पुर्ण उपस्थित महानुभाव हरुलाई स्वागत
गर्दै कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो |
त्येसैगरि एन आर एन यूकेका अध्यक्ष श्री महेन्द्र
कडेल ज्युले एन आर एन यूकेको कार्यबिधि र उदेश्य साथै भविष्यमा हुने गतिबिधि बारे जानकारी गराउनुभएको थियो |